कांग्रेस कार्यसम्पादन समिति बैठक जारी « Khabarhub

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले चलिरहेको छ।

संसद भवन नयाँ बानेश्वरमा केहीबेर अघि सुरु भएको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने भन्ने निर्णय गर्नेछ।

आज बिहान बसेको पदाधिकारीले निर्णय लिन नसकेपछि कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कार्य सम्पादनको बैठक लगत्तै कांग्रेस संसदीय दलको बैठक बस्नेछ। कांग्रेसकै बैठक लम्बिएका कारण प्रतिनिधि सभा बैठक दुई घण्टा पछाडि धकेलिएको छ।

प्रतिनिधि सभामा कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा रहेको छ। आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : ०४ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले