चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित « Khabarhub

चीनको हेनान प्रान्तमा ९० प्रतिशत कोभिड संक्रमित


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– पछिल्लो समय चीनको तेस्रो ठूलो जनसंख्या भएको हेनान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । प्रान्तका ९० प्रतिशतभन्दा बढी जनसंख्या कोभिडबाट संक्रमित भएका स्वास्थ्य अधिकारीले बताएका छन् ।

९९ दशमलब ४ मिलियन जनसंख्या भएको उक्त प्रान्तका ८८ दशमलब ५ मिलियन मानिस संक्रमित भएका प्रान्तीय अधिकारी कान क्वाचेङले एक पत्रकार सम्मेलनमा जानकारी दिए । तर, कोभिड संक्रमण कहिले फैलिएको थियो भन्ने बारेमा उनले केही बताएनन् । तर सरकारले तीन साताअघि कोभिडसम्बन्धी सम्पूर्ण प्रतिबन्ध हटाएकोले सङ्क्रमणका घटनामा पनि त्यस यता वृद्धि भएको अनुमान गरिएको छ ।

प्रान्तका ज्वरो क्लिनिकहरूमा उपचार गर्न जाने बिरामीको चाप १९ डिसेम्बरमा उच्च रहेको पनि ती अधिकारीले बताए । ‘त्यसपछि संक्रमण निरन्तर गिरावटमा आएको छ ।’

 जनवरी ८ सम्म चीनमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २७२ पुगेको छ, जुन सङ्क्रमणबाट मृत्यु हुने दर सबैभन्दा न्यून दर हो । चीनले सार्वजनिक गरेको तथ्यांकप्रति डब्लूएचओ र अन्य देशहरूले शंका व्यक्त गर्दै आएका छन् ।

 

 

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १२ : २६ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले