दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर निर्माण हुँदै | Khabarhub Khabarhub

दोधारा चाँदनीमा सुक्खा बन्दरगाहको डिपिआर निर्माण हुँदै


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१ स्थित प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम अगाडि बढेको छ । लामो समयदेखि चर्चामा रहेको सुक्खा बन्दरगाह निर्माणका लागि भारतको राइट्स कन्सल्टेन्सीले बन्दरगाहको डिपिआर बनाउन सर्वे थालेको नेपाल इन्टर मोडल यातायात विकास समितिका इन्जिनियर अनिश केसीले जानकारी दिएका छन् । उनका अनुसार सुक्खा बन्दरगाह भारतले निर्माण गर्ने समझदारी भएपछि डिपिआरका लागि भारतीय कम्पनीले सर्वे गरेको हो ।    

‘सुक्खा बन्दरगाह भारतको पूर्ण लगानीमा बन्ने भएको छ’, उनले भने, ‘भारतले एसियन राजमार्गसँग जोड्न पहुँच मार्गको काम सुरु गरिसकेको छ ।’ सुक्खा बन्दरगाहस्थलसम्म जोड्नका लागि भारतको एसियन राजमार्गसम्म भारतीय पक्षले साढे तीन किलोमिटर सडक बनाउन सुरु गरिसकेको छ । बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना भारत सरकारले नै तीन वर्षभित्र निर्माण गर्ने समझदारी भएको नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ । 

समितिले आयोजना निर्माणस्थल मायापुरी र गौरीशङ्कर सामुदायिक वनको जमिन अधिग्रहणका लागि वन मन्त्रालयमा फाइल पठाइसकेको जनाएको छ । वन मन्त्रालयबाट स्वीकृत भएसँगै निर्माणस्थलमा पर्ने रूख कटानको काम सुरु हुनेछ । बन्दरगाह निमार्णका लागि मायापुरी र गौरीशङ्कर सामुदायिक वनको करिब दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ । 

लामो समय चर्चामा रहेको बन्दरगाह निर्माणका लागि सर्वे सुरु गरिएको नगरप्रमुख किशोर लिम्बूले जानकारी दिए। ‘सुक्खा बन्दरगाह बन्ने आशा पलाएको छ, यसले यहाँ ठूलो मात्रामा रोजगारी सिर्जना गर्छ’ उनले भने, ‘सरकारले प्राथमिकताका साथ समयमै सम्पन्न गर्न तदारुकताका साथ लाग्नुपर्छ ।’

दोधारा चाँदनीमा बन्दरगाह निर्माण भए सुदूरपश्चिम प्रदेशको समृद्धिको ढोका खुल्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश मल्लले बताए। ‘सुक्खा बन्दरगाह बनेपछि भारतका औद्योगिक सहरसँगको पहुँच सहज हुनेछ’, उनले भने, ‘बन्दरगाहसँगै दैजीछेला औद्योगिक क्षेत्र निर्माण भए सुदूरपश्चिमको समृद्धिको ढोका खुल्छ ।’ विसं २०६४ मा पहिलो पटक सरकारले सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव गरेको थियो । त्यसपछि पटक पटक अध्ययनका लागि टोली आए पनि काम अगाडि बढ्न सकेको थिएन ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ३६ बजे

 श्रीलंकामा बस दुर्घटना, तीन जनाको मृत्यु, २० भन्दा बढी घाइते

एजेन्सी – श्रीलंकाको मध्य प्रान्तको ह्याटन–क्यान्डी मुख्य सडकमा रहेको मल्लवामा

 आन्तरिक पर्यटनमा जोड दिन आवश्यक : मन्त्री पाण्डे

काभ्रेपलाञ्चोक – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकीय

जनकपुरलाई दोस्रो क्षति, दुई विकेट गुम्यो

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जवाफी

एनपीएल फाइनल : सुदूरपश्चिमविरुद्ध जनकपुरका लाहिरुको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग अन्तरगर्तको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध जनकपुरका

सुदूरपश्चिम र जनकपुरको खेल हेर्न देउवा कीर्तिपुरमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल हेर्न नेपाली कांग्रेसका