तरकारी जोनका रुपमा स्थापित बेलका नगरपालिका | Khabarhub Khabarhub

तरकारी जोनका रुपमा स्थापित बेलका नगरपालिका


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर– पन्ध्र वर्ष अघिसम्म आयातित तरकारीमा निर्भर उदयपुरको बेलका नगरपालिका यतिबेला तरकारी जोनका रुपमा स्थापित भएको छ । पाँच वर्षअघिदेखि नगरपालिकाले वृहत् तरकारी उत्पादन अभियान सञ्चालन गरेपछि यतिबेला यहाँ तरकारी उत्पादन बढेको छ ।

जिल्लाकै पहिलो तरकारी जोन बनाउने लक्ष्यका साथ सुरु भएको अभियानलाई नगरपालिकालाई हरियो तरकारीमा आत्मनिर्भर बनाएको छ । गत वर्ष ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती भएकोमा यस सिजनमा एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा तरकारी खेती भइरहेको छ । 

जिल्लामा सबैभन्दा बढी हरियो तरकारी उत्पादनमा यही क्षेत्रमा भइरहेका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए । उनले यसपटक मात्रै पचास लाखभन्दा बढीको तरकारी उत्पादन भइसकेको बताए । ‘किसानहरुले  ५० लाख बराबरको तरकारी उत्पादन गरिसकेका छन् भने तरकारी उत्पादन अझै भइरहेको छ’, उनले भने । 

बेलका तरकारी किसान समूहका सदस्य कुमार कटुवालले आम्बासी, पुरनदह, बानडाँडा, सिसौली, रातापानी, भागलपुर, तपेश्वरी लगायतका स्थानमा पाँच सयभन्दा बढी किसान व्यवसायिक तरकारीखेतीमा संलग्न रहेको बताए ।

गत वर्षमात्रै बेलका तरकारी किसान समूहले सदरमुकाम गाइघाटसहित चौदण्डीको बेल्टार, सप्तरीको फत्तेपुर बजार र सुनसरी क्षेत्रमा ३० लाखभन्दा बढी मूल्य बराबरको तरकारी बिक्री गरेको बानडाँडाका किसान पुष्पप्रसाद भट्टराईले बताए । 

नगरपालिका प्रमुख अशोक कार्कीले यस क्षेत्रलाई तरकारी उत्पादन पकेट क्षेत्रका रुपमा अघि बढाएको बताए । किसानलाई तरकारी खेतीप्रति प्रोत्साहन गरेकै कारण नगरपालिका जिल्लाकै अब्बल तरकारी उत्पादक क्षेत्रको रुपमा देखा परेको प्रमुख कार्कीको भनाइ छ । नगरपालिकाले तरकारीखेतीका लागि तालिमसहित आर्थिक सहयोग, निःशुल्क बिउबीजन वितरण गर्दै आएको उनले जानकारी दिए । 

सुनसरी, झापा मोरङ तथा सिरहा र सप्तरीमा उत्पादन हुने तरकारीभन्दा गुणस्तरीय र सस्तो मूल्यमा तरकारी उत्पादन हुन थालेपछि यहाँबाट ती क्षेत्रमा तरकारी बिक्री बढेका तपेश्वरी गाउँपालिकाका पूर्व अध्यक्ष डिल्ली बिमलीको भनाइ छ । 

 हिउँदे र बर्खे लहरे तरकारी गरी हाल यस क्षेत्रमा दश प्रकारका हरियो तरकारी उत्पादन भइरहेको छ । नगरभित्र पाँच सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेतीमा संलग्न रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताए। प्रत्येक किसानहरुले वार्षिक ५० हजारदेखि साढे दुई लाखसम्म तरकारी बिक्री गरी आम्दानी गर्दै आएको किसान दुर्गेश कार्कीको भनाइ छ । विसं २०६८ बाट सीमित किसानले सुरु गरेको व्यावसायिक तरकारी खेती अहिले नगरका अधिकांश वडाका किसानले गर्दै आएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  १ : ५५ बजे

टी-२० अलराउण्डरको वरीयतामा हार्दिक पाण्डेय शीर्ष स्थानमा

काठमाडौं– भारतलाई टी-२० विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका अल राउण्डर

झिनो अंकले बढ्यो नेप्से, ५ अर्बमाथिको कारोबार 

काठमाडौं– मंगलबार धेरै उतारचढाव भएको शेयर बजार बुधबार भने सामान्य

नेपाली नियोगको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितरक्षाका निम्ति

मेस्सीले पेरिस ओलम्पिक नखेल्ने, अल्भारेजले खेल्ने

ब्यूनस आयर्स – लियोनेल मेस्सीले यसै महिनाको अन्तिममा फ्रान्सको पेरिसमा

इटहरी उपमहानगरको ‘उज्यालो इटहरी’अभियान सुरु 

इटहरी– इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी ’अभियान सुरु गरेको छ। अभियान