राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी « Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ  ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का  गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित ग¥यो भने दोस्रो सेट २५-१० ले पाखा लगायो । 

त्यस्तै तेस्रो सेट २५-१२ ले हरायो । जितसँगै समूह ‘ए’ बाट न्यू डायमन्डले दुई खेलमा छ अंक जोडेको छ । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ ।  पुलिसको पनि समान छ अंक नै रहेको छ ।

च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ३० बजे

विपद् प्रतिकार्यका लागि चारदिने प्रशिक्षण

काठमाडौं – समुदायसँगको सहकार्यमा विपद् व्यवस्थापन तथा प्रतिकार्यलाई थप प्रभावकारी

प्रविधि प्रयोगले लागत र समयको बचत, उत्पादनमा वृद्धि

पर्सा – एक दशकअघिसम्म बाराको फेटागाउँपालिका–३ त्रिवेणीका किसान पारस ठाकुरलाई

यू–२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

काठमाडौंं – यू–२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन