राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी | Khabarhub Khabarhub

राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमन्ड विजयी


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमन्ड स्पोट्र्स क्लब सेमिफाइनलमा प्रवेश गरेको छ  ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का  गरेको हो । न्यू डायमन्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित ग¥यो भने दोस्रो सेट २५-१० ले पाखा लगायो । 

त्यस्तै तेस्रो सेट २५-१२ ले हरायो । जितसँगै समूह ‘ए’ बाट न्यू डायमन्डले दुई खेलमा छ अंक जोडेको छ । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ ।  पुलिसको पनि समान छ अंक नै रहेको छ ।

च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  २ : ३० बजे

व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४

जिब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा