कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री « Khabarhub

कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछ : प्रधानमन्त्री


२६ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक सङ्घर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । 

रेशम चौधरी अन्यायमा परेको आफूले बताउँदै आएको स्मरण गराउँदै उनले चौधरीसहितलाई रिहा गर्न चाँडै विधेयक ल्याएर ऐन बनाउने जानकारी दिए । चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले ससर्त प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएकी छन् ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ४ : ५१ बजे

विश्वकपका लागि राम्रो तयारी भएको छ : कप्तान पौडेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकप

टेस्ट राष्ट्रको फ्रेन्चाइज ट्रफी पाउनु मेरो लागि खुशी हो : सन्दीप लामिछाने

काठमाडौं – बंगलादेश प्रिमियर लिग (बिपीएल)मा च्याम्पियन भएका नेपाली लेग

खडकको कप्तानीमा प्रधानमन्त्री कप क्रिकेट टोली घोषणा

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट

निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमयदर