थ्री सिरिजका लागि सन्दीपलाई समेटेर क्रिकेट टिमको घोषणा « Khabarhub

थ्री सिरिजका लागि सन्दीपलाई समेटेर क्रिकेट टिमको घोषणा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आगमी १४-२१ फ्रेबुअरीमा हुने ‘नेपाल-नामिबिया-स्कटल्याण्ड थ्री सिरिज’मा नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछानेले पनि सहभागीता जनाउने भएका छन्।

नाबालिग बालिका बलात्कारको आरोपमा मुदा खेपेर हालै थुनामुक्त भएका लामिछानेले रोहित पौडेलको कप्तानीमा ‘आईसीसी म्यान क्रिकेट वर्ल्ड कप लिग-२’ मा सहभागिता जनाउन लागेको हुन्।

नेपाल क्रिकेट संघले बुधबार अबेर उक्त खेलमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक गर्दा लामिछाने पनि समावेश गरेको हो।

जसअनुसार कुशल भुर्तेलको कप्तानीमा सोमपाल कामी, करण केसी, आशिफ शेख, ललित राजबंशी, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, कुशल मल्ल, गुल्शन झा, दीपेन्द्रसिह ऐरी, भिम सार्की, सन्दिप जोरा, सूर्य तामाङसहितको नेपाली टोली सार्वजनिक गरेको हो।

सार्वजनिक तालिका अनुसार नेपालले फागुन दुई र ६ मा नामिबिया तथा फागुन पाँच र ९ मा स्कटल्यान्डसँग खेल्नेछ। यसैगरी स्कटल्यान्ड र नामिबियाले फागुन तीन र आठमा प्रतिस्पर्धा गर्नेछन्।

 

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : ४८ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष