कर्णाली पछि बागमती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा « Khabarhub

कर्णाली पछि बागमती सरकारले दियो ‘जनयुद्ध दिवस’मा सार्वजनिक बिदा


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कर्णाली प्रदेश सरकार पछि बागमती सरकारले ‘जनयुद्ध दिवस’मा सरकारी बिदा दिने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकारको २४ माघमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १ फागुनमा जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय भएको हो ।

बागमती प्रदेश, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता अनुशिल सापकोटाले जारी गरेको सूचनामा भनिएको छ, ‘जनयुद्ध दिवसको अवसरमा सम्बत २०७९ फागुन १ गते सोमवारका दिन बागमती प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।’

कर्णाली प्रदेशले २३ माघको मन्त्रिपरिषद्को निर्णय अनुसार ‘जनयुद्ध दिवस’मा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । दुवै प्रदेशमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार गठन छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : ०० बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ