विवेकशील साझाको प्रथम महाधिवेशन सुरु « Khabarhub

विवेकशील साझाको प्रथम महाधिवेशन सुरु


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा सुरु भएको छ।

लामो समयदेखि छिन्न भिन्न अवस्थामा रहेको सो पार्टीको प्रथम महाधिवेशन आज सुरु भएको हो। काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

जसका लागि सो पार्टीका केन्द्रीय नेताहरू समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ। महाधिवेशनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन्। प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिएका छन् ।

महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्। शनिबारसम्म चल्ने महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचनामा जानेछ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ०६ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

 आज २०८२ साल माघ १२ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १२ गते सोमबार माघ

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ