सरकारमा सहभागी हुन रास्वपालाई उच्चस्तरीय संयन्त्रको आग्रह « Khabarhub

सरकारमा सहभागी हुन रास्वपालाई उच्चस्तरीय संयन्त्रको आग्रह


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बसेको सत्तारुढ दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो।

जनमत र नागरिक उन्मुक्ति पार्टीका नेता अनुपस्थित  रहेको सो बैठकमा संयन्त्र संयोजकसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी थिए।

उक्त बैठकमा रास्वपालाई सरकारमा सहभागी हुन आग्रह गरिएको हो। केही दिनअघि सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई गरेको समर्थन भने कायम राखेको छ।

रास्वपा सरकारबाट बाहिरिनु र गठबन्धन घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिँदा बिहीबार एमाले नेतृत्वको सुदूरपश्चिम सरकार ढलेको छ। यही बेला शुक्रबार बसेको संयन्त्रको बैठकमा गठबन्धन दलबीचको आपसी शंका र विवाद समाधानका विषयमा पनि छलफल  भएको छ।

सरकारको कामको समीक्षासमेत गरिएको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिका विषयमा छलफल भएको छ। बैठकबाट बाहिरिने क्रममा राप्रपा अध्यक्ष लिङ्देनले अहिलेसम्म सरकारले गरेका कामको समीक्षा गरिएको जानकारी दिए।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : २९ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय