बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै « Khabarhub

बालसुधार गृह तोडफोड गर्ने ७ जनालाई स्थानान्तरण गरिँदै


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज- बाँकेको डुडवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा भएको तोडफोड र आगजनीपछि आज दुई पक्षबीच सहमति भएको छ।

काठमाडौँ जानका लागि अस्वीकार गरेका सात युवालाई जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरण गर्ने सहमति भएको युसीइपी नेपालका निर्देशक केशव सुवालले जानकारी दिए।

‘तत्कालका लागि यो घटना साम्य भएको छ, अब जिल्ला प्रहरी कार्यालयमा बस्न उहाँहरू राजी हुनुभएको छ’, उनले भने । निर्देशक सुवालले कपिलवस्तुबाट सरुवा भएर आएका उनीहरू थप दुर्व्यसनमा फसेकाले पनि स्थानान्तरण गर्न खोजेका जानकारी दिए।

स्थानान्तरण हुने र नहुने दुई पक्षबीचको विवादले उग्ररूप लिँदा सो घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए । सुधार गृहमा रहेका केहीलाई काठमाडौँ स्थानान्तरण गर्न थालेको भन्दै तोडफोड र आगजनी भएको थियो । बालसुधार गृहमा हतियारसहित प्रवेश गर्न कठिनाइ भएकाले अवस्था नियन्त्रणमा ल्याउन प्रहरीलाई हम्मेहम्मे परेको थियो ।

प्रहरीले नेपालगञ्जबाट दमकल बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा लिए लगत्तै उनीहरूले आफै सुत्ने सिरक डसनामा आगजनी गरेका थिए । तोडफोड भएको ब्लकमा परेका करिब ७० जना आश्रित छन् । सुधारगृहका तीन भवनमध्ये पुरानो भवनमा आगजनी र तोडफोड भएको हो ।

सुधार गृहमा कूल दुई सय २३ जना आश्रित छन् । उनीहरुबीच पछिल्लो एक महिनामा चार पटक झगडा भएपछि केहीलाई काठमाडौँ स्थानान्तरण गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १२ : ५२ बजे

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान

समावेशी नेपाल बनाउने अभियानमा सबै जुटौँ : सञ्चारमन्त्री खरेल

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समावेशी नेपाल बनाउने