ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने « Khabarhub

ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताप्लेजुङका दुर्गम गाउँमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । प्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतसहितका आँखा चिकित्सकको उपस्थितिमा फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला, घुन्सालगायत दुर्गम गाउँमा शिविर सञ्चालन हुने भएको हो ।

यही फागुन १० देखि २० गतेसम्म हुने शिविरमा आँखाको स्वास्थ्य परीक्षणसहित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया हुने बताइएको छ । पहिलो दिन फागुन १० गते फक्ताङलुङ गाउँपालिकामा पर्ने सिवाँ स्वास्थ्य चौकीमा, ११ गते छिरुवा ग्राउन्डमा, १२ गते हान्द्रुङ टारमा, १४ गते ओलाङचुङगोला स्वास्थ्य चौकीमा र १७ गते स्वास्थ्य चौकी घुन्सामा आँखाको स्वास्थ्य जाँच र सामान्य उपचार सेवा प्रदान गरिनेछ ।

आगामी फागुन १० देखि १७ गतेसम्म हुने शिविरमा आँखा परीक्षण र उपचारका साथै मोतियाविन्दुका बिरामीको पहिचान हुनेछ । मोतियाविन्दुका बिरामीको शल्यक्रिया भने फागुन १९ र २० गते फक्ताङलुङ गाउँपालिकाको केन्द्र तापेथोकमा हुने गाउँपालिका उपप्रमुख विकास साम्रा (लिम्बू) ले जानकारी दिए । शल्यक्रियामा डा. सन्दुक रुइत सहभागी हुने लिम्बूले बताएका छन् ।

दुर्गम गाउँका नागरिकले सहज रुपमा स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ र फक्ताङलुङ गाउँपालिकाले शिविरको आयोजना गरेको उपप्रमुख लिम्बूले बताए । शिविरमा नगरपालिकासहित नजिकका जुनसुकै गाउँपालिकाका बिरामीले सेवा लिन सक्नेछन् ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  २ : २६ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले