नक्कली कागजात बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ « Khabarhub

नक्कली कागजात बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शैक्षिक प्रमाणपत्र तथा विभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तेह्रथुम म्याङलुङ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१६ माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाल छन् ।

काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड ट्रेनिङ सेन्टरमार्फत् सरकारी जागिरको अनुभवको नक्कली प्रमाणपत्र बनाउने गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई पक्राउ गरेको हो ।

साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो ।

उनीउपर लिखतसम्बन्धी कसुरमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ४ : ५४ बजे

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै

काठमाडौँ– राष्ट्रिय तथ्याङ्क कार्यालयले सञ्चालन गर्न लागेको दोस्रो राष्ट्रिय आर्थिक

प्रजातन्त्र पुनर्स्थापना भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ– नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम

राशिद खानको जादुयी बलिङ : दिल्ली गुजरातसँग एक रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १४ औं

हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नचिनेको नम्बरबाट आएको फोनमा विवाद हुँदा पाटनमा दुई युवकको ज्यान गयो

ललितपुर– ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा छुरा प्रहार गरी दुई