'मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी कम्पनीसँग घुस मागेपछि महाप्रबन्धक ठाकुरलाई कारवाही' | Khabarhub Khabarhub

‘मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी कम्पनीसँग घुस मागेपछि महाप्रबन्धक ठाकुरलाई कारवाही’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीलाई बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारवाही गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं रकम घुस मागेपछि ठाकुरलाई कारवाही गरेको बताएका हुन् ।

उनले आफूले कसैको पनि एक पैसा नखाने र अब यस्ता अन्य घुस प्रकरणहरु खुल्दै जाने र कारवाही गर्ने चेतावनी दिए । घुस मागेको अडियो प्राप्त भएपछि घटनाको जाँचबुझका लागि मन्त्रीस्तरीय निर्णयबाट ठाकुरलाई निलम्बन गरिएको हो ।

किरातीले मन्त्रीले कहिले पैसा माग्यो भन्ने खुल्न पर्ने र पैसा मागेको पाइए मन्त्रीलाई पनि कारवाही हुनुपर्ने जिकिर गरे । उनले २० लाख पर्यटक ल्याउने कार्ययोजना ल्याउन पर्यटन बोर्डलाई निर्देशन दिए ।

पर्यटन प्रवर्द्धनका लागि चलाइएको अभियान अन्तर्गत कति पर्यटक भित्रियो भन्ने यकिन तथ्याङ्क बोर्डले दिनुपर्ने उनको भनाइ छ । उनले कर्मचारीलाई हेरफेर गरेर आतंकित नमच्चाउने तर कर्मचारहरुको साथ र काम चाहिने स्पष्ट पारे ।

मन्त्री किरातीले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गर्नका लागि मन्त्रालयले एकीकृत कार्ययोजना बनाएको बताए ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ६ : १६ बजे

मेडिकल कलेज तथा सरकारी अस्पताललाई शुल्क सार्वजनिक गर्न मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न

बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको निधन

एजेन्सी– बेलायतका पूर्व उपप्रधानमन्त्री जोन प्रेस्कटको ८६  वर्षको उमेरमा निधन

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाल प्रहरी नियन्त्रणमा

काठमाडौं- ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा

सहकारी प्रकरण- काठमाडौंमा छविलाल जोशीको बयान थालियो

काठमाडौं- सहकारी ठगी प्रकरणमा मुछिएका गोर्खा मिडिया नेट्वर्कका तत्कालीन उपाध्यक्ष

राजस्व संकलन १७ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो चौमासिकको राजस्व संकलन