रग्बी लिग आइतबारदेखि | Khabarhub Khabarhub

रग्बी लिग आइतबारदेखि


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल रग्बी सङ्घको आयोजनामा तेस्रो रग्बी लिग यही माघ २९ गतेदेखि सुरु हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने सङ्घका अध्यक्ष दीपक देवकोटाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा आकाश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब र आर्मी क्लबले सिङ्गल राउन्ड रोबिन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन टाइगरमा दुई विदेशी खेलाडी रहेका छन् भने गोर्खालीको टोलीमा इङल्यान्ड र फिजीका एक–एक खेलाडी छन् । बाँकी दुई टोलीमा विदेशी खेलाडी नरहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा यही माघ २९ गते, फागुन ३ गत र फागुन ६ गते समान दुई–दुई खेल हुनेछ । यसअघि भएको पहिलो संस्करणको खेलमा आर्मी र दोस्रो संस्करणको खेलमा गोर्खाली रग्बी क्लबले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  ८ : २८ बजे

पोखरिया अस्पताललाई स्तरोन्नति गर्न माग

काठमाडौं– पर्साको पुरानो सदरमुकाम पोखरियास्थित पोखरिया अस्पताललाई स्तरोन्नति गर्न संघीय

बालेनको चेतावनी : सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर उठ्दैन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) ले देशको प्रमुख प्रशासनिक

लाओसमा धुम्रपानले वार्षिक छ हजार बढीको ज्यान जोखिममा

काठमाडौं– धुम्रपानसम्बन्धी रोगले लाओसमा वार्षिक छ हजार सात सय मानिसको

बीपी राजमार्गको आकस्मिक सूचना प्रणाली दुई वर्षदेखि बन्द

काभ्रेपलाञ्चोक– मनसुन सुरु हुनै लाग्दासमेत बीपी राजमार्गको आकस्मिक सूचना (इआइएस)

रविसँग जुहारी चलिरहँदा गगनको बचाउमा उत्रिइन् रामकुमारी

काठमाडौं- नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री पछिल्लो समय राष्ट्रिय