‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’ « Khabarhub

‘किसानलाई मल र बीउ सहज उपलब्ध होस्’


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मधेसी नागरिक समाजले किसानलाई मल र बीउ उपलब्ध गराउनुपर्ने माग गरेको छ । समाजले मधेस किसानका लागि उर्बर भूमि भए पनि किसानलाई मलको अभाव तथा बीउबिजनको उपलब्धता दिनानुदिन कठिन हुँदा किसानले सास्ती भोग्नुपरेको भन्दै उपलब्ध गराउनुपर्ने माग गरेको हो ।

समाजले आज विज्ञप्ति जारी गरी अहिले नेपाली युवा रोजगारीका लागि विदेश जाने क्रम दिनप्रति दिन झनझन बढ्दै गएको भन्दै देशभित्रै रोजगारीको सिर्जना गर्नुपर्नेमा जोड दिएको छ ।

“बेरोजगारी समस्याले सीमा नाघिसकेको छ, अहिले देशमा सबैभन्दा बढी विदेश पलायन हुनेमा मधेसी नागरिक हुन्, जुन राज्यकै तथ्याङ्कले देखाउँछ, राज्यले रेमिटेन्सका रूपमा स्रोत प्राप्त गर्ने तर ती नागरिकका लागि काम गर्ने वातावरण र स्वास्थ्यका विषयमा मौन रहेको छ”, विज्ञप्तिमा भनिएको छ । आर्थिक, राजनीतिक र समाजिकरूपमा पछाडि परेको मधेसी दलित समुदायको शिक्षा र स्वास्थ्य र रोजगारीलगायत समस्या समाधान गर्नुपर्नेमा समाजको जोड छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : २७ बजे

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)

भोटेकोशी बाढीमा बेपत्ता भएकाको मृत्यु प्रमाणपत्र जारी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

काठमाडौं– म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दसैँ धमाका २०२६’ अभियानअन्तर्गत तीन

दरबारमार्गमा दसैँको सेल, तर व्यापारमा छैन चमक (तस्बिरहरू)

काठमाडौं– दसैँ नजिकिएसँगै राजधानीको प्रमुख व्यापारिक क्षेत्र दरबारमार्गमा विभिन्न ब्रान्डका कपडा,

गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र भारतीय समकक्षी अमित शाहबीच भेटवार्ता