खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि घोराहीलाई « Khabarhub

खुमबहादुर खड्का स्मृति भलिबलको उपाधि घोराहीलाई


२७ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – स्वर्गीय खुमबहादुर खड्का स्मृति पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले हात पारेको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्व खड्काको सम्झनामा आयोजना गरिएको अन्तरपालिका भलिबलको उपाधि यसवर्ष घोराहीले हात पारेको हो । घोराहीस्थित सहिद मञ्चमा भएको प्रतियोगिताको फाइनल खेलमा लमही नगरपालिकालाई ३–२ को सेटमा हराउँदै उपाधि घोराहीले हासिल गरेको हो ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको घोराहीले नगद दुई लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ । विभागीय नेपाल प्रहरी क्लबका खेलाडी रहेका रविन चन्द र विशाल विश्वकर्माको उत्कृष्ट प्रर्दशनले घोराहीले २५–२७, २५–१६ १९–२५, २५–१२ र १५–९ को सेटमा जित निकाल्न सफल भएको हो ।

उपविजेता लमही नगरपालिकाले नगद रु एक लाख १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा शान्तिनगर गाउँपालिका तेस्रो र राजपुर गाउँपलिका सान्त्वना भएका छन् । तेस्रो भएको शान्तिनगर गाउँपालिकाको टिमले नगद ५६ हजार दुई सय ५० र सान्त्वना भएको राजपुर गाउँपालिकाको टिमले नगद रु १३ हजार एक सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीमा घोराहीका रविन चन्द, उत्कृष्ट कोचमा घोराहीका ओकबहादुर विक, उत्कृष्ट स्पाइकरमा लमहीका गणेश बुढाथोकी, उत्कृष्ट सेटरमा घोराहीका विज्ञान थापा, उत्कृष्ट सर्बरमा लमहीका दीपेन्द्र कुमाल, उत्कृष्ट लिब्रोमा शान्तिनगरका राजबहादुर खवास, उत्कृष्ट ब्लकरमा घोराहीका विशालबहादुर विश्वकर्मालाई पुरस्कृत गरिएको थियो ।

विजेता टिम तथा खेलाडीलाई नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं पूर्वसिँचाइ राज्यमन्त्री अमर पुन, राष्ट्रियसभा सदस्य अनिता देवकोटालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

यही माघ २० गतेदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहका खेलाडीको सहभागिता रहेको थियो । उक्त प्रतियोगिता गत वर्षदेखि आयोजना गरिँदै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७९, शुक्रबार  १० : ५० बजे

पहाडका विभिन्न स्थानमा, तराईमा उखरमाउलो गर्मी कायमै

काठमाडौं – पछिल्लो केही दिनदेखि मौसममा बदली भई वर्षा बढ्न

१५ वर्षीया बालिकामाथि जबरजस्ती करणीको आरोपमा बाँकेबाट एक जना पक्राउ

बाँके – १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा बाँके

राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता मानिने

कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु

पाल्पा – कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखरा र लुम्बिनीमा योग प्रदर्शन

काठमाडौं- १२औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२६ को अवसरमा नेपालस्थित भारतीय राजदूतावासले