फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण « Khabarhub

फ्रान्सको एफिल टावरबाट ‘आमा छोरी’ नामक नेपाली पुस्तक लोकार्पण


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा  १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एक कार्यक्रमकाबीच लोकार्पण गरिएको हो । फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भए पनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।

दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिले पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सीमित रहने बताइन् । आमा छोरी मदर डटर लिभिङ्ग लिगेसी’ नामक  पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफूले दृष्टि नदेखे पनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहीन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।

अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरीः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरितले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ८ : ३७ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ