माओवादीधारका दलहरूको बैठक बालुवाटारमा सुरु « Khabarhub

माओवादीधारका दलहरूको बैठक बालुवाटारमा सुरु


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विक ‘प्रकाण्ड’, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, वैज्ञानिक कम्युनिस्ट समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल(आहुति), माओवादी नेता कर्णजित बुढाथोकी र नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै आजका लागि सारिएको छ। उक्त रिटमा सम्भवतः आजै पहिलो सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०७ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको