माओवादीधारका दलहरूको बैठक बालुवाटारमा सुरु | Khabarhub Khabarhub

माओवादीधारका दलहरूको बैठक बालुवाटारमा सुरु


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – माओवादी धाराका राजनीतिक दलहरूबीचको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक भर्खरै सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध द्वन्द्वकालीन विषयलाई लिएर सर्वोच्च अदालतमा रिट परेपछि माओवादीधारका पार्टीहरू निरन्तर छलफलमा छन् । केही दिन पहिले पनि उनीहरूले बालुवाटारमै छलफल गरेका थिए। उक्त बैठकमा उनीहरूले मिलेर प्रतिवाद गर्ने निर्णय लिएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता सिपी गजुरेल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विक ‘प्रकाण्ड’, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा, वैज्ञानिक कम्युनिस्ट समाजवादी पार्टीका महासचिव विश्वभक्त दुलाल(आहुति), माओवादी नेता कर्णजित बुढाथोकी र नेकपा बहुमतका नेता हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी छन् ।

यसबीचमा बिहीबार सरकारले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरिसकेको छ। बिहीबार पेसी तोकिएको प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट हेर्न नभ्याइने हुँदै आजका लागि सारिएको छ। उक्त रिटमा सम्भवतः आजै पहिलो सुनुवाइ हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ९ : ०७ बजे

कारागारबाट जेनजीलाई रविको सुझाव: घुसपैठ हुनसक्छ सचेत हुनुहोस्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु

दक्षिण अफ्रिकामाथि इंग्ल्याण्डको कीर्तिमानी जित

काठमाडौं – आइतबार सम्पन्न तेस्रो एकदिवसीयमा इंग्ल्याण्डले दक्षिण अफ्रिकामाथि एकदिवसीय

सामाजिक सञ्जालसम्बन्धी सरकारको निर्णयविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं – सर्वोच्च अदालतले सामाजिक सञ्जालसम्बन्धी सरकारले गरेको निर्णयविरुद्ध परेको

प्रचण्डको पोस्टमा बालेनको कमेन्ट: एकादेशमा टिकटक पनि ‘ब्याण्ड’ भएको थियो

काठमाडौं – सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयबारे पूर्वप्रधानमन्त्री एवं

जेनजी आन्दोलनलाई पूर्ण समर्थन छ : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा सांसद सुमना