‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित) « Khabarhub

‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक (भिडिओसहित)


२६ फाल्गुन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकल महिलाप्रति समर्पित ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित तथा वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित उक्त म्युजिक भिडियो बिहीबार राष्ट्रिय महिला आयोगका कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले सार्वजनिक गरेका हुन् ।

कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विवेद अन्त्य गर्दै समाज रुपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ म्युजिक भिडियोबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले एकल महिलाका लागि सुरक्षा कोष स्थापना भए पनि प्रभावकारी हुन नसकेको बताए । एकल महिलालाई अगाडि बढाउन राष्ट्रिय महिला आयोगले विभिन्न कार्यक्रम अगाडि सारेको सिन्हाको भनाइ थियो । म्युजिक भिडियोका माध्यमबाट महिलाको अवस्था बुझ्न मद्दत पुगेको उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयका प्रा डा खगेन्द्रप्रसाद लुइँटेलले समाजमा भोगिरहेका घटनाबारे गीतले वर्णन गरेको बताए। पत्रकार अविनाशीले विदेशमा बसेर नेपाली साहित्य तथा गीत–सङ्गीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताए । गीतले सामाजिक रुपान्तरणको सन्देश दिन खोजेको उनको भनाइ छ ।

उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ भने आकाश अधिकारी र उमा गिरीले अभिनय गरेका छन् । राम लामा ‘अविनाशी’को लय तथा शक्ति बल्लवको सङ्गीत रहेको छ ।

हेर्नुस् भिडिओ

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ०८ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास