जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते « Khabarhub

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीमा आइतबार सु.प प्र ०१००१ ज १४२३ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

चुरे गाउँपालिकाको-६  भिमदत्त राजमार्ग अन्तर्गत फल्टुँडेमा जिप दुर्घटना हुँदा भएको हो। चुरे गाउँपालिका-६ का वर्ष १८ का भानु ठकुन्नाको निधन भएको हो।

मेलकट्टेश्वर मावि चुरे-६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर  निधन भएको प्रहरीले जनाएको छ।

यस्तै दुर्घटनामा वर्ष १७ का हरिश धामी,वर्ष १८ की सरस्वती र वर्ष १६ का प्रकाश धामी परि घाइते भएका छन्। घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ।

इलाका प्रहरी कार्यालय फलटुडेका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फर्किरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्।

जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडी दुर्घटना भएको खुलेको छ। गाडी चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ०१ बजे

पार्टी सभापतिलाई बन्द सत्र सम्बोधन गर्न नेताहरूको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्ला मन्सुरले पार्टीको चालु विशेष अधिवेशनको

महाधिवेशनले चाहे नीति र नेता दुबै पनि फेर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाधिवेशनले चाहेमा नेता र

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम

जनकपुरधाम उपमहानगरपालिकाको दुई अर्ब ४६ करोड ८९ लाख रुपैयाँको संशोधित बजेट

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि दुई