पिसाब चुहिने समस्या र यसको उपचार | Khabarhub Khabarhub

पिसाब चुहिने समस्या र यसको उपचार


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय महिलामा प्रजनन सम्बन्धी धेरै समस्या देखिन थालेका छन्। त्यसैमध्ये धेरैलाई पिसाब चुहिने समस्याले सताएको छ। पिसाब चुहिने समस्याले महिलालाई शारीरिक मात्र नभई मानसिक रूपमा पनि धेरै असर गरेको छ। शरीरमा पिसाब चुहिँदा अरूले हेर्ने नजर पनि धेरै फरक पाइन्छ। विशेष गरेर यो समस्या ४० वर्ष कटेपछि वा महिनावारी रोकिएपछि धेरै देखा पर्दछ। हाम्रो समाजमा महिलाले आफूमा भएको यो समस्या लुकाएर राखेको र लजाउने हुनाले यो पिसाब चुहिने समस्या धेरै फैलिएको र बढेको छ। महिला प्रजनन स्वास्थ्यमा कसरी ध्यान दिने ? लजाएर रोग लुकाउँदा पछि कस्तो असर पर्न सक्छ ? यसै विषयमा आधारित भएर जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीसँग खबरहबका लागि गरिएको कुराकानीको सम्पादित अंश :

पिसाब चुहिने कस्तो समस्या हो ?
पिसाब चुहिरहने समस्या सहरको तुलनामा ग्रामीण भेगमा धेरै छ। ग्रामीण क्षेत्रमा बस्ने महिला यो समस्या खुलेर अरूलाई भन्न सक्दैनन्। चिकित्सकसँग पनि भन्न लजाउने र यो समस्या सामान्य हो भनेर सोच्ने गर्दछन्। यस्तो समस्या हुँदा महिला स्वयमले व्यायाम र योगा गर्नुपर्दछ। महिलाले आफ्नो प्रजनन अंगलाई सधैँ सफा राख्नुपर्दछ। आफ्ना भित्रीवस्त्र दैनिक रूपमा परिवर्तन गरिरहनुपर्छ। कुपोषण भएको महिलामा यो समस्या धेरै हुन्छ। चुरोट खाएर धेरै खोक्ने महिलामा पनि यो समस्या धेरै हुन्छ। समयमा नै सफा राख्ने हो भने यो समस्या आफै कम भएर जान्छ। यो समस्या हो र यसलाई समाधान गर्न सकिन्छ भनेर जाँच गर्या भने यसको समयमा नै उपचार हुन्छ। वृद्धावस्थाका व्यक्ति र धेरै बच्चा जन्माएका महिलालाई यस्तो समस्या बढी हुने गरेको देखिएको छ।

कस्तो महिलामा यस्तो समस्या हुन्छ ?
स्त्रीरोगसम्बन्धी र प्रोस्टेटको शल्यक्रिया गरेका महिलामा पिसाब चुहिने समस्या हुन सक्छ। कुपोषण भएको महिलामा यो समस्या धेरै हुन्छ। चुरोट खाएर धेरै खोक्ने महिलामा पनि यो समस्या धेरै हुन्छ।

के कारणले हुन्छ त यो समस्या ?
विभिन्न शारीरिक तथा मानसिक समस्या जस्तोः कब्जियत, पिसाबको संक्रमण, मदिरा सेवन, विविध औषधिको प्रयोग र मधुमेह नभएमा क्षणिक रूपमा पिसाब चुहावट हुन सक्दछ। पिसाब थैलीका संवेदनशील मांसपेशी बढी सक्रिय हुनुपर्ने अवस्था भएमा थैली भरिन नै नपाई पिसाब चुहिन सक्छ। महिलामा हाच्छ्युँ गर्दा, ठूलो अथवा धेरै तौल भएको सामान उचाल्दा, उफ्रिँदा, खोक्दा पेटभित्र चाप बढ्न गएर उनीहरूको पिसाब चुहिन सक्छ। शारीरिक तनावबाट पनि पिसाब चुहावट हुन्छ। पिसाब थैलीको समस्याले पनि पिसाब चुहिन सक्छ।

यो कुन उमेर समूहमा धेरै हुन्छ ?
पिसाब चुहिने समस्या सामान्यतया युवती वा २५-३० वर्षसम्मको महिलामा त्यति धेरै देखिँदैन। विशेषगरी विवाहित महिलामा धेरै र उमेरको हद भन्दा पनि ३–४ वटा बच्चा पाइसकेपछि पाठेघरको मांसपेशी कमजोर भएर मूत्र नलीमा पिसाब बढी भएपछि यो समस्या हुन्छ। त्यो बेला पाठेघर वरपरका नलीमा यताउता हुँदा यो समस्या हुन्छ। लगातार पिसाब चुहिँदा कपडामा गन्ध आउँन थाल्छ। समयमा कपडा फेर्न नसक्दा यो समस्या झन् बढ्न सक्छ।

निदान तथा उपचार के कस्तो छ त ?
यसको निदान तथा उपचारका लागि विभिन्न उपाय अवलम्बन गर्न सकिन्छ। कतिपय उपायहरु आफ्नै घरभित्र नै हुनसक्छन्। यसलाई बुँदागत रुपमा यसरी उल्लेख गर्न सकिन्छ।
-व्यायाम गर्ने,
-पोषणमा ध्यान दिने,
-मोटोपन हटाउने,
-शरीरलाई ठिक्क तौलमा राख्ने,
-मधुमेहको बिरामीमा पनि यो समस्या हुन्छ। त्यसकारण मधुमेहको समयमा उपचार गराउने,
-सुत्केरीमा राम्रोसँग ख्याल गर्ने। सरसफाइमा विशेष ध्यान दिने,
-पाठेघरलाई ठिक ठाउँमा अड्याउन व्यायाम मद्दत गर्ने प्रमुख उपचार भनेको व्यायाम हो। त्यसैले दैनिक रुपमा शारीरिक ब्यायम गरिरहने,
-पिसाबको इन्फेक्सन हुन दिनु हुँदैन, जसका लागि पर्याप्त मात्रामा पानी पिउने,
-पोषणयुक्त खाना खाने,
-धेरै चिया, कफी र मसालेदार खाना नखाने,
-रसायनयुक्त पेय पद्दार्थ कम गर्ने,
-धुम्रपान/मदिरापान नगर्ने,
-सार्वजनिक ट्वाइलेटको धेरै प्रयोग नगर्ने,
-महिनावारी हुँदा स्यानेटरी प्याडको प्रयोग गर्ने,
-स्वास्थ्यमा कुनै पनि समस्या छ भने लाज नमानी उपचारमा गर्ने गर्नुपर्छ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : १६ बजे

बजेटमा घरेलु तथा साना उद्योगीको माग : नवीकरण निःशुल्क (भिडियोसहित)

काठमाडौं– सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’