वासिङ्टन- दक्षिण चीन सागरको जल क्षेत्रमा अमेरिकी युद्धपोतको ‘अवैध’ घुसपैठ भएको भन्दै चीनले सोमबार निन्दा गरेको छ ।
अमेरिकी नौसेनाले आफ्नो निर्देशित क्षेप्यास्त्र विध्वंसक युएसएस मिलियस उक्त क्षेत्र भएर गएको बताएपछि चीनको उक्त प्रतिक्रिया आएको हो ।
चिनियाँ सेनाको ‘साउदर्न थिएटर कमान्ड’ का प्रवक्ता तियान जुनलीले एक विज्ञप्ति जारी गरी क्षेप्यास्त्र नाशक युएसएस मिलियसले चिनियाँ सरकारको अनुमतिबिना चीनको नान्सा टापुको मेइजी रीफसँग जोडिएको पानीमा अवैध रूपमा प्रवेश गरेको पुष्टि गरेका छन् ।
चिनियाँ वायु सेनाले ‘जहाजको अनुगमन र निगरानी गरेको’ बताएको छ ।













प्रतिक्रिया