दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दाबी « Khabarhub

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दाबी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।

उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता र कानुनी प्रयोगलाई समर्थन गरेको अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले स्प्राट्ली टापु नजिकको दक्षिण चीन सागरमा नौपरिवहन अधिकार र स्वतन्त्रताको वकालत गरेको थियो । उसले यो अन्तर्राष्ट्रिय कानून अनुकूल भएको बताएको छ ।

उक्त अपरेसनपछि मिलियसले ‘दाबी क्षेत्रबाट अत्यधिक बाहिर निस्केर दक्षिण चीन सागरमा आफ्नो गतिविधि जारी राखेको’ बताएको छ ।

उक्त जहाज ताइवानको मुख्य भूमिको दक्षिणी टुप्पोबाट करिब एक हजार ४०० किलोमिटर (८६० माइल) टाढा मिस्चिफ रीफको १२ नटिकल माइलभित्र पुगेको थियो ।

चिनियाँ लडाकू विमान र युद्धपोतहरूले ताइवानको वरिपरि तीन दिनको सैन्य अभ्यास गरिरहेका छन्, टापुमा ‘सिम्युलेटेड’ आक्रमणहरू पनि समावेश छन् ।

गत साता ताइवानका राष्ट्रपति साई इङ–वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच लस एन्जलसबाहिर भेटवार्ता भएको थियो ।

चीनको यो अभ्यासको ताइपेइले निन्दा गरेको छ र वासिङ्टनले ‘बेइजिङको गतिविधिलाई नजिकबाट नियालिरहेको’ बताएको छ ।

सोमबार बेइजिङले ’जिउँदो गोलाबारुद’ बोकेका लडाकु विमानले ताइवाननजिकै अभ्यास आक्रमण (सिम्युलेटेड स्ट्राइक) गरेको र यो शान्डोङ विमानवाहक पोत जारी अभ्यासमा संलग्न रहेको बताएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : ३१ बजे

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा