कर्तव्यनिष्ठ भएर काम गर्न भन्सार अधिकारीहरूलाई अर्थमन्त्रीको निर्देशन « Khabarhub

कर्तव्यनिष्ठ भएर काम गर्न भन्सार अधिकारीहरूलाई अर्थमन्त्रीको निर्देशन


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थमन्त्री डा प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरूलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । 

‘आयात निर्यातमा संलग्न व्यवसायीलाई अनावश्यक दुःख दिने भनेको होइन, जायज कुराहरू के हुन् तपाईँहरूलाई नै थाहा छ, तर कार्यान्वयन भइरहेको छैन, म यहाँहरूलाई त्यतातर्फ ध्यानाकर्षण गराउन चाहन्छु ।’ आफ्नो नेतृत्वमा अर्थ मन्त्रालय पारदर्शी ढंगबाट काम गर्न लागिपरेको उल्लेख गर्दै उनले जिम्मेवार पदाधिकारीलाई गम्भीर भएर काम गर्न निर्देशित गरे। 

‘जवाफदेही र जिम्मेवार बनाउने परम्पराको हामी सुरुआत गरौँ’, उनले भने। धेरै कारणबाट राजस्व घटेको र राजस्व घट्नुमा भन्सारको सम्पूर्ण दोष नरहेको भन्दै उनले राजस्व चुहावट रोक्न सुरक्षा निकायसँग पनि गम्भीर छलफल गरिएको बताए । उनले दुवै सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा निगरानी गर्न आग्रह गरे। 

‘धेरै भन्सार नाकाबाट राजस्व संकलन घटेको छ । ती नाकाबाट पनि राजस्व चुहावट भएको खबर छ । भैरहवा, वीरगञ्ज, रसुवा नाकामा पनि त्यस्तै अवस्था छ । यसलाई गम्भीर ढंगबाट लिनुहोला’, मन्त्री महतले भने । 

साधारण खर्च धान्न नसक्ने गरी आय घट्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले अहिलेको अवस्थालाई राजनीतिक नेतृत्वले उच्च महत्व दिएको बताए। उनले भने, ‘राजनीतिक नेतृत्व यसमा गम्भीर छ । यो गम्भीरतालाई मध्यनजर राखेर जहाँजहाँ समस्या छन् ती समस्यालाई समाधान गर्न हाम्रोतर्फबाट कुनै कसर बाँकी राखिने छैन ।’

उद्योगी व्यवसायीलाई अनावश्यक झन्झट, पीरमर्का परिरहेकाप्रति आफूहरू संवेदनशील रहेको भन्दै मन्त्री डा महतले यस विषयमा भन्सारका अधिकारीहरूले पनि ध्यान दिनुपर्ने बताए । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : ३८ बजे

कांग्रेस सहमहामन्त्री रामहरिले १२८० मत, पछ्याउँदै अजयबाबु 

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी