संसदीय समिति गठन गर्न सभामुख घिमिरेले मागे सांसदको नाम « Khabarhub

संसदीय समिति गठन गर्न सभामुख घिमिरेले मागे सांसदको नाम


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाअन्तर्गतको समिति गठन गर्न दलहरूसँग सांसदको नाम मागेका छन् । सोमबार बसेको कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले विषयगत संसदीय समिति गठन गर्न सदस्यका लागि दलहरूसँग सांसदहरूको नाम मागेका हुन् । 

बुधबारसम्म समिति गठन गर्नेगरी तयारी स्वरुप सभामुख घिमिरेले सांसदको नाम मागेका हुन् । कांग्रेसको लागि अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, राज्य व्यवस्था, शिक्षा समितिमा आठजना सांसदको सिट संख्या तोकेको छ । कृषि, महिला र पूर्वाधार विकासमा ९ जना सांसदले प्रतिनिधित्व गर्नेछन्। 

मालेले शिक्षामा सातजना र अन्य सबैमा आठजना सिट संख्या तोकिएको छ । माओवादी केन्द्रले भने अर्थ, अन्तर्राष्ट्रिय, उद्योग, कानुन, कृषिमा तीनजना सांसद र अन्यमा दुई जना सांसदको सिट संख्या तोकिएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रियमा एक जनाले र अन्यमा दुई जनाको सिट संख्या तोकिएको छ । जसपाले सबै समितिमा एक जना, जनमत पार्टीले अर्थ, उद्योग, कानुन, महिला, शिक्षा र सार्वजनिक लेखामा एकजना र लोसपाले एक सांसदले अन्तर्राष्ट्रिय, राज्य व्यवस्था र शिक्षामा प्रतिनिधित्व गर्नेछन्। 

नागरिक उन्मुक्ति पार्टीले अन्तर्राष्ट्रिय, पूर्वाधार विकास र शिक्षामा एक जना सांसदको संख्या तोकिएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  २ : २२ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै