५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न | Khabarhub Khabarhub

५४ मेगावाटको सुपरदोर्दी ‘ख’ को ९६ प्रतिशत निर्माणकार्य सम्पन्न


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

लमजुङ– आउँदो असारभित्र ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । आयोजना निर्माणका अधिकांश काम सम्पन्न भएको र आउँदो असारभित्र नै आयोजनाबाट व्यवसायिक रुपमा विद्युत् उत्पादन सुरु हुने जनाइएको छ ।

लमजुङमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको हालसम्म ९६ प्रतिशत काम पूरा भएको आयोजना निर्देशक अर्जुन गौतमले जानकारी दिए । पिपुल्स हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरिरहेको सो आयोजनाको बाँध, विद्युतगृह, सुरुङमार्ग निर्माण, उपकरण जडानलगायतका काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

विसं २०७२ साल असोजदेखि आयोजना निर्माण सुरु गरिएको थियो । २०७८ महिनामा दोर्दीखोलामा आएको बाढीका कारण जलविद्युत् आयोजनाको बाँध बगाएको थियो भने अन्य संरचनामा समेत क्षति पुगेको थियो ।

बाढीका कारण पुगेको क्षतिका कारण आयोजना थप डेढ वर्ष पछि धकेलिन पुगेको आयोजना निर्देशक गौतम बताउँछन् । यसअघि २०७९ असार मसान्तसम्म आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको थियो । 

लमजुङको दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणधीन उक्त जलविद्युत् आयोजनाको अधिकांश पूर्वाधार संरचना भूमिगत रुपमा बनेका छन् । आयोजनाको विद्युत् गृहसमेत भूमिगत रहनेछ । कुल ८ अर्ब ८० करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी लागत अनुमान गरिएको थियो । 

तर, आयोजना अवधि लम्बिएसँगै लागत पनि बढ्न सक्ने आयोजनाले जनाएको छ । आयोजना निर्माणमा सानिमा बैंकको अगुवाइमा विभिन्न ७ वटा बैंकको ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी छ । ७० प्रतिशत ऋण र बाँकी प्रवर्द्धन लगानीमा निर्माण हुँदै आएको छ । 

आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र रु २७ करोड लगानी रहेको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गर्ने (पिपिए) सम्झौता भएको छ । विसं २०७१ सालमा नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच पिपिए सम्झौता भएको थियो ।

आयोजनाबाट उत्पादित हुने बिजुली दोर्दी करिडोर प्रसारण लाइनको कीर्तिपुर सबस्टेसन ल्याएर जोडिनेछ । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : ०१ बजे

गत वर्ष विश्वभर १ सय ४६ जना भूमि तथा वातावरण रक्षकको मृत्यु

काठमाडौं- सन् २०२४ मा विश्वभर १४६ जना भूमि र वातावरण

खण्डहर बनेको संसद् भवन पुगे तीन मन्त्री (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीका नाममा गत भदौ २४ गते जलाइएको नयाँ

बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न

जेन-जी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकबाट ५ करोड नगद र १८ किलो सुन लुटपाट

काठमाडौं– राष्ट्रिय वाणिज्य बैंकबाट पाँच करोड नगद र १८ किलो

दाङका सरकारी कार्यालयका १८८ सवारीसाधन जलेर नष्ट

दाङ– जेन-जी प्रदर्शनका क्रममा जिल्लामा १८८ वटा सवारिसाधन जलेर नष्ट