सेयर बजार ५.५४ अंकले उकालो | Khabarhub Khabarhub

सेयर बजार ५.५४ अंकले उकालो


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा उकालो लागेको छ । सोमबार नेप्से परिसूचक ५.५४ अंकले उकालो लागि १८४४ को बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८८ अङ्कले घटेर ३४९.६६ विन्दुमा पुगेको छ।

यसअघि आइतबारको कारोबारमा भने नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ विन्दुमा अडिएको थियो । सोहि दिन एक अर्ब १५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार कूल २६१ कम्पनीको २९ लाख ६० हजार ८६३ कित्ता सेयर खरिद बिक्री हुँदा ९१ करोड १९ लाख भन्दा बढी रुपैयाँको कारोबार सेयर कारोबार भएको छ।  नेप्से सूचकमा १३२ कम्पनीमा वृद्धि भएको छ । ७७ कम्पनीमा ओरालो लागेको र ८ कम्पनी स्थिर रहेको छ ।

त्यस्तै, कारोबारको आधारमा सिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ६ करोड ८४ लाखको कारोबार गरेको छ । सानिमा मिडल तामोर हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा छ । उक्त कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

सोमबार १३ उपसूचक मध्ये फाइनान्स कम्पनी बाहेक सबै कम्पनीमा हरियाली छाएको छ । वृद्धि भएको कम्पनीहरू मध्ये सबैभन्दा धेरै होटल तथा पर्यटन र ट्रेडिङ सूचक कम्पनी रहेको छ ।

आजको सानिमा मिडल तामोर हाइड्रोपावर र कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरूले सर्वाधिक कमाएका छन्।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ३ : ४३ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु