कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन  | Khabarhub Khabarhub

कोशी प्रदेशको नाम खारेजीका लागि संघर्ष समिति गठन 


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– कोशी प्रदेशको नाम खारेजीको मागमा आन्दोलन चर्काउनका लागि खोटाङमा एक हजार २०३ सदस्यीय पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।

कोशी नाम खारेज गरी किरात प्रदेश नामाकरण गराउन दबाबमूलक आन्दोलनलाई सशक्त बनाउनका लागि किरात राई यायोक्खाका अध्यक्ष युगसन किरातको संयोजकत्वमा पुन: नामांकन संयुक्त संघर्ष समिति गठन गरिएको हो ।

आइतबार ज्येष्ठ अगुवा पर्खनबहादुर राईको अध्यक्षतामा बसेको आदिवासी जनजाति महासंघ, यायोक्खा, जातीय संगठन, पहिचान पक्षधर दल, सामाजिक संघसंस्था, नागरिक समाज लगायत सम्मिलित बैठकले पुःन नामांकन संयुक्त संघर्ष समिति गठन गरेको हो । बैठकको निर्णय सोमबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । 

संघर्ष समितिको सह–संयोजकमा नेकपा एकीकृत समाजवादीका ओमीराज राई, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बु, जनजाति महासंघका अध्यक्ष फुर्वा शेर्पा, जनजाति महासंघका पुर्वसचिव रबिन खम्बू, किरात सेवा समाजका किसन राई, सैंजु नेवा देय दबुका धनकुमारी सैंजू चयन भएका छन् ।

नेपाल तामाङ घेदुङ संघका पर्शुराम राई, नेपाल शेर्पा संघका कसाङ शेर्पा, किरात राई चाम्लिङ खाम्बातिमका गणेश राई, साम्पाङ राई जुम्लेखाका अध्यक्ष प्रताप राई, वाम्बुले राई समाजका भुवन राई, किरात राई वान्तवा खिमका राजकुमार राई लगायतलाई संघर्ष समितिको सह-संयोजकमा राखिएको छ । जनजाती महासंघको उपाध्यक्ष एलबी मगर संघर्ष समितिको सचिव चयन भएका छन् । 

बैठकबाट ६ वटा उपसमिति गठन गरिएको संघर्ष समितिका संयोजक किरातले पत्रकार सम्मेलनमा जानकारी दिए । डा. केके राईको संयोजकत्वमा पाँच सदस्यीय बौद्धिक सल्लाहकार, सुर्य राईको संयोजकत्वमा पाँच सदस्यीय आर्थिक, डा. केके राईको संयोजकत्वमा आकस्मिक औषधि उपचार उपसमिति गठन गरिएको हो ।

निर्मल राईको संयोजकत्वमा १०१ सदस्यीय युवा परिचालन, संगीता राईको संयोजकत्वमा २१ सदस्यीय महिला परिचालन र इन्द्र नाराथुंगेको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चालन उपसमिति गठन गरिएको संयोजक किरातले जानकारी दिए । ‘पार्टीको पनि विश्वास देखिएन । हाम्रो लागि पार्टीभन्दा पहिचान र अस्तित्व ठूलो हो । हामी जिल्लाको सबै पालिका कव्जा गर्न सक्छौँ,’ संयोजक किरातले भने, ‘पहिचानको आन्दोलनमा लाग्दा पार्टीले कारबाही गर्छ भने गरोस् । कारबाही भोग्न तयार छौँ । पहिचानको मुद्दा छोडिन्न ।’ जिल्लाका १० वटै पालिकामा आन्दोलनलाई शसक्त बनाउनका लागि जिम्मेवारी बाँडफाँड गरिएको छ ।

जनता समाजवादीले पनि बनायो १०१ सदस्यीय संघर्ष समिति  

पुन : नामांकन संयुक्त संघर्ष समिति गठनप्रति ऐक्यवद्धता जनाउँदै जनता समाजवादी पार्टी खोटाङले अध्यक्ष पिके खम्बुको संयोजकत्वमा १०१ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।

 जिल्ला समन्वय समिति, पालिका कमिटी अध्यक्ष एवं भातृ संगठनका प्रमुख लगायत १०१ सदस्यीय संघर्ष समिति गठन गरेको जानकारी दिइएको छ । पहिचानको आन्दोलनलाई क्रमशः सबै प्रदेशमा जगाउने योजनासहित संघर्ष सुरु गरिएको जसपाका प्रदेश सदस्य नवीन राईले बताए । 

लेटर प्याड र छापमा कोशी नलेख्न नगरपालिकालाई ध्यानाकर्षण

पुन: नामांकन संयुक्त संघर्ष समितिले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई बोर्ड, लेटर प्याड र छापमा कोशी नलेख्न ध्यानाकर्षण गराएको छ । पत्रकार सम्मेलन लगत्तै नगरपालिका पुगेर उपमेयर बिसन राई र प्रमुख प्रशासकीय अधिकृत शुभाकर पौडेललाई ज्ञापन-पत्र बुझाउँदै लेटर प्याड र छापमा कोशी लेखिएको भए मेटाउन ध्यानाकर्षण गराएका हुन् । ज्ञापन-पत्र बुझाउँदै संघर्ष समितिका संयोजक किरातले नगरका वडा-वडामा कोशी नलेख्नका लागि आग्रह गरेका छन् । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ४ : १९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६