पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न व्यवसायीको माग « Khabarhub

पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न व्यवसायीको माग


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखराका उद्योगी व्यवसायीले पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौँ आएको व्यवसायीको टोलीले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटी पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन, बैंक ब्याजदर एकल अङ्कमा झार्न, कर्जाको पुनर्तालिकीकरण र पुनर्कर्जा पाउने व्यवस्थालगायत विभिन्न १५ बुँदे माग राखेका हुन् ।

परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठका अनुसार बैंकको ब्याजदर एकल अङ्कमा झार्नुपर्ने, कर्जा पुनर्तालिकीकरण गरिनुपर्ने, पोखराको रत्न मन्दिर, हिमा गृहजस्ता सम्पदा खुला गर्नुपर्ने लगायतका माग प्रधानमन्त्रीसमक्ष राखिएको हो ।

पोखराबाट छिमेकी मुलुक भारत, चीन, बङ्गलादेशलगायत गन्तव्यमा तत्काल उडानका सञ्चालनका लागि नीतिगत पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

व्यवसायीले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पूर्ण व्यावसायिक बनाई गन्तव्य विस्तार गरेर उडानलाई प्रभावकारी बनाउन माग गरेका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक जहाज खरिद  गर्न र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाज उडानको वातावरण सिर्जना गर्न आग्रह गरेका हुन् ।

नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय सङ्घसंस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न, स्थलमार्ग हुँदै नेपाल भित्रिने पर्यटकलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरूको सुधार गर्नुपर्ने र पृथ्वी राजमार्गको पुनर्निर्माणलाई छिटो तथा व्यवस्थित बनाइदिन पनि व्यवसायीले माग गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार गर्न, पर्यटन बोर्डको बजेट नितान्त पर्यटन प्रवर्द्धनका लागि विनियोजन र खर्च गर्न तथा नेपाल मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था अनिवार्य नगर्न, पदयात्रामा मात्रै गाइड र सहयोगी अनिवार्य गर्न र मोटर गाडी जाने ठाउँमा यो नियम नलगाउन पनि व्यवसायीले आग्रह गरेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, होटल सङ्घ पोखरालगायत विभिन्न सङ्घ, संस्था तथा उद्योगी व्यवसायीले व्यवसाय सञ्चालनका निकै कठिनाइ बेहोर्नुपरेको प्रधानमन्त्रीसमक्ष दुखेसो पोखेका थिए ।

साथै उनीहरूले पोखराको प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत् स्थापित गर्नुपर्नेसमेत माग गरेका छन् ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ६ : ०६ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले