एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग « Khabarhub

एमाले नेता नरेश खरेलद्वारा पार्टी परित्याग


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका नेता नरेश खरेलले पार्टी परित्याग गरेका छन् । सोमबार वक्तव्य सार्वजनिक गर्दै खरेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । 

इमानदार कार्यकर्ता भन्दा दक्षिणपन्थी प्रवृत्ति हाबी भएकाले पार्टी परित्याग गर्नु परेको बताएका छन्। सोमबार खरेलसँगै झापा एमालेका जिल्ला उपसचिव चन्दा श्रेष्ठसहित १० जनाले पार्टी परित्याग गरेका छन् ।

खरेल एमाले अध्यक्ष केपी ओलीसँगै १७ वर्ष जेल बसेका झापा आन्दोलनदेखिका अगुवा कम्युनिस्ट नेता पनि हुन् । 

‘नेकपा एमालेमा लामो समयसम्म योगदान गरेका, तर पार्टीका गलत क्रियाकलापसँग असहमत रहेका हामी नेता कार्यकर्ताहरू आजदेखि सो पार्टीबाट स्वतन्त्र रहेको घोषणा गर्दैछौँ’ वक्तव्यमा उल्लेख छ । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ६ : २८ बजे

बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी

बैतडी– घरको भित्तामा लहरै मौरीका घार छन् । स्थानीय काठबाट

चीनमा डुङ्गा दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन बेपत्ता

कुन्मिङ- दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुब्दा दुई जनाको

परिवर्तनलाई आत्मसात् गरेर युवाहरू अगाडि बढ्नुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात् गरेर

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय