‘प्रधानसेनापति ट्रफी-२०७९’ प्रतियोगिता सुरु « Khabarhub

‘प्रधानसेनापति ट्रफी-२०७९’ प्रतियोगिता सुरु


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी-२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरू समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरू भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ । उत्कृष्ट खेल प्रतिभाहरूको पहिचान गरी खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता’ नेपाली खेलकुद क्षेत्रको विकासका लागि कोसेढुंगा साबित भएको विश्वास नेपाली सेनाको छ ।

उद्घाटनका अवसरमा आज महिलाहरूको एक हजार पाँच सय मिटर र पुरुषहरूको आठ सय मिटर दौडमा विजयी हुने खेलाडीहरूलाई प्रधानसेनापति शर्माले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा महिलातर्फ लिजा लम्तरीले ५ मिनेट १७ सेकेन्डमा दौड पूरा गरी प्रथम भएका थिए । 

त्यस्तै, सोमिता पहरीले ५ मिनेट २३ सेकेन्ड समयमा द्वितीय र निशा बुढामगरले ५ मिनेट २५ सेकेन्डको समयमा दौड पूरा गरी तृतीय भएका थिए । त्यस्तै, पुरुषतर्फ ४ मिनेट १० सेकेन्ड दाैड पूरा गरी रामचन्द्र बानियाँ प्रथम भए । मिलन कार्कीले ४ मिनेट १० सकेन्ड बढी समयमा दोस्रो भए भने दीपेन्द्रनाथ ४ मिनेट १३ सेकेन्डमा दौड पूरा गरी तृतीय भएका थिए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ७ : ३६ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको