प्रहरी अस्पताललाई दुई करोडको चेक हस्तान्तरण « Khabarhub

प्रहरी अस्पताललाई दुई करोडको चेक हस्तान्तरण


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई रु दुई करोडको चेक हस्तान्तरण गरेको छ । अस्पतालको ३९औँ वार्षिकोत्सवका अवसरमा आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पूर्वप्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारका लागि अस्पतालका मेडिकल डाइरेक्टर, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा आशा सिंहलाई हस्तान्तरण गरे ।

सो अवसरमाप्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पु¥याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गरे ।

अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उनले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिए ।

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकाले व्यक्तिगत स्वार्थभन्दा पनि सङ्गठनको छवि उच्च गर्न र सङ्गठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  ८ : २९ बजे

जर्मनीकी संसदीय राज्यसचिव कोफ्लर चारदिने नेपाल भ्रमणमा आउँदै

काठमाडौँ – जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी सङ्घीय मन्त्रीका संसदीय

पोखरामा जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्किएको सौन्दर्य

गण्डकी– पोलैपिच्छे गुजुल्टिएका त कतै लत्रेका तार । सडक किनारका

सामुदायिक वनमा फलफूल र जडीबुटीसहित बहुउपयोगी बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका

अमेरिकी सङ्घीय निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

काठमाडौं – अमेरिकामा नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि अमेरिकी

बहुउपयोगी प्रजातिका बिरुवा रोपण

दमौली– जिल्लाका विभिन्न सामुदायिक वनमा फलफूल, जडीबुटी तथा बहुउपयोगी प्रजातिका बिरुवा