अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : बाबुराम भट्टराई « Khabarhub

अर्थतन्त्र सुधारका लागि दीर्घकालीन योजना आवश्यक : बाबुराम भट्टराई


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको अर्थतन्त्रमा आएको समस्यालाई सुधार गर्न दीर्घकालीन योजना बनाउनुपर्ने बताएका छन् ।

अहिलेको अर्थतन्त्र परम्परावादी र आधुनिकतावाद बीचको सङ्क्रमणबाट गुज्रिएको उनले टिप्पणी गरे । आज कपिलवस्तुको चन्द्रौटामा कार्यक्रतासँग भेट गर्दै नेता भट्टराईले पछिल्लो समय कृषितन्त्र भत्किँदै आयातमा निर्भर हुनुपर्ने अवस्था सिर्जना भएको बताए। केही समयअघि उद्योगमा समस्या आएको र अहिले कृषिमा समस्या सिर्जना भएकाले यसलाई सुधार्न सरकारले दीर्घकालीन योजना बनाउनुपर्ने जिकिर गरे।

अहिले नेपालले श्रम निर्यात र वस्तु आयात गरिररेले थप समस्या सिर्जना हुन सक्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १० : ०९ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण