सुर्तीजन्य सामग्रीको मूल्य अंकित पोस्टर टाँसे कारबाही  « Khabarhub

सुर्तीजन्य सामग्रीको मूल्य अंकित पोस्टर टाँसे कारबाही 


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्तीजन्य सामग्रीको मूल्य उल्लेख गरिएको पोस्टर किराना पसल वा होलसेल पसलमा राखेमा कारबाही हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सुचना सार्वजनिक गरी यसरी मूल्य अंकित पोस्टर टाँसिएको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना गर्ने जनाएको छ ।

‘नेपालमा सुर्तीजन्य कम्पनीहरूले खुद्रा किराना पसल, होलसेल किराना पसललगायत अन्य पसलहरूको बिक्री स्थलमा आफ्नो कम्पनीको नाम र दर रेटसहित मुल्यसूची राखेर विज्ञापन गरेको पाइएको र उक्त कार्य सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा १०, सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन निर्देशिका २०७१ को दफा ४० र दफा ४१ तथा जनस्वास्थ्य ऐन २०७५ को  दफा ४५ विपरीत भएकाले त्यस्ता विज्ञापन हुने गरी टाँस गरिएका चुरोट बिडी, गुट्खा आदिका मूल्य सुची उल्लेखित पोस्टर वा वालचार्ट टाँस नगर्न र टाँस गरेको भएमा तुरुन्त हटाउन निर्देशन गरिन्छ’ मन्त्रालयले आज जारी गरेको सूचनामा भनेको छ ।

सो सुचना अनुसार ‘यदि टाँस गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ को दफा १७६ र जनस्वास्थ्य ऐन २०७५ को दफा ५३ बमोजिम सजाय र जरिवाना हुने ब्यहोरा समेत यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ९ : ४६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर