बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’ « Khabarhub

बालकृष्ण पक्राउ परेपछि शेखरले भने, ‘जो दोषी देखिए पनि कारबाही हुनुपर्छ’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

यो प्रकरणमा आफ्नै पार्टीका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण आज बिहान पक्राउ परेको केही घण्टामा कोइरालाले जो पक्राउ परे पनि राजनीतिक दबाब दिन नहुने बताएका हुन्।

आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग उनले भने, ‘जोजो दोषी हो, उनीहरुलाई कारबाही हुनपर्छ यसमा इफ र बटको कुरै छैन। उनीहरुले पनिसमेन्ट पाउनुपर्छ । यसमा राजनीतिक दबाब हुनु हुँदैन ।’

नेपाली नागरिकलाई राज्य शक्तिको चरम दुरुपयोग गरी नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनु देशका लागि लज्जास्पद भएको डा. कोइरालाले बताए ।

यो प्रकरणले अन्तर्राष्ट्रिय रुप लिइसकेको बताउँदै उनले अब गृह मन्त्रालय र प्रहरी प्रशासनले अनुसन्धान बीचमै नरोक्ने विश्वास व्यक्त गरेका छन् ।उनले भने, ‘यसमा प्रहरीले गरिरहेको अनुसन्धान अब रोकिन्छ भन्ने मलाई चाहिँ लाग्दैन । प्रहरीले यो अनुसन्धान एउटा लेभलसम्म पुर्‍याउँछ, पुर्‍याउँछ ।’

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ११ : ०३ बजे

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६