फाइल फोटो

ब्रेकिङ स्टोरी

राप्रपाको अवरोधका कारण संसद् बैठक स्थगित 

By खबरहब

May 10, 2023

काठमाडौँ – राप्रपाको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

आजको बैठक सुरु हुनेवित्तिकै राप्रपाका सांसदहरू उठेर अवरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले बोल्न समय नदिएर बैठक अघि बढाएपछि राप्रपाका सांसदहरू वेल घेर्न पुगेका थिए।

पटक पटक आग्रह गर्दा पनि अवरोध जारी रहे पछि सभामुख घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।