प्रयत्न नेपालद्वारा गमनशिलताको तालिम प्रदान « Khabarhub

प्रयत्न नेपालद्वारा गमनशिलताको तालिम प्रदान


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दृष्टिविहीन अपांगता भएका महिलाहरूलाई प्रयत्न नेपालले गमनशिलताको तालिम प्रदान गरेकाे छ । अपांगता भएका व्यक्तिहरूको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरू मध्ये प्रयत्न नेपाल पनि एक हो । 

यस संस्थाले स्थापनाकाल देखि दृष्टिविहीन अपांगता भएका महिलाहरूलाई आफै आफ्नो जीवनशैली सञ्चालन गर्न, आत्मनिर्भर भएर जिउन सक्ने बनाउन, सूचना तथा प्रविधिमा पहुँच पुर्‍याउनका लागि विभिन्न कार्यक्रमहरू तथा आत्मरक्षा तालिम र उनीहरूका विभिन्न सवालहरूमा सरोकारवाला निकायहरूसँग वकालत तथा पैरवी गर्दै आएको छ । 

यी नै विभिन्न कार्यक्रमहरू मध्ये दृष्टिविहीन अपांगता भएका महिलाहरूका लागि अति आवश्यक तथा महत्वपूर्ण कार्यक्रम अन्तर्गत काठमाडौंमा गमनशिलताको ५ दिने तालिम पनि प्रदान गरेको छ । गमनशिलता भन्नाले आवत जावत गर्ने भन्ने बुझिन्छ । 

दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई सेतो छडीको प्रयोग गरेर हिँड्डुल गर्न सिकाउनु नै गमनशिलता तालिम हो। विशेष गरी जन्मजात नै दृष्टिविहीन अपांगता भएका व्यक्तिलाई हिँड्डुलमा चुनौती हुने गर्दछ भने विभिन्न कारणले जन्म पश्चात पनि दृष्टिविहीन अपांगता भएका व्यक्तिहरुलाई कठिनाइ हुने गर्दछ । यस्तो अवस्थामा दृष्टिविहीन अपांगता भएका व्यक्तिहरुको आवगमनलाई सहजता बनाउनका लागि अर्थात हिँड्डुलमा सजिलो बनाउनका लागि गमनशिलता तालिम प्रदान गर्ने गरिन्छ । 

दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूलाई हिँड्डुल गर्न सिकाउन, उनीहरूको दैनिकीमा सहजता ल्याउन सहज होस् भन्ने उद्देश्यले प्रयत्न नेपालले यही बैशाख २२ गते देखि २६ गते सम्म  देशका विभिन्न स्थानबाट विभिन्न अवसरको खोजीमा काठमाडौं आएर अस्थाई रुपमा बसोबास गरेका ११ जना दृष्टिविहीन अपांगता भएका महिलाहरूलाई गमनशिलताको तालिम प्रदान गरेको हो । 

सो तालिममा सहभागी काठमाडौं डिल्लीबजार निवासी दृष्टिविहीन अपांगता भएकी महिला प्रार्थना श्रेष्ठ पूर्ण दृष्टिविहीन भएको ९ वर्ष भएको र दृष्टिविहीन भए पछि एक्लै हिँड्डुल गर्न गारो हुने, तालिम प्राप्त नभए पछि सहयोगीसँग हिड्‌न पनि नजानिने हुँदा आवागमनमा निकै चुनाैती भएको कारण यो ५ दिने गमनशिलताको तालिम लिएको बताइन्। 

साथै उनले यस प्रयत्न नेपालले दृष्टिविहीन अपांगता भएका महिलाहरूका लागि अति नै उपयोगी तालिम दिएकोमा खुशी व्यक्त गर्दै यस तालिमबाट घर बाहिर कसरी सुरक्षित भएर हिड्ने, सेतो छडी कसरी समात्ने, चलाउने, बाटो कसरी पार गर्ने लगायतका कुराहरू सिक्ने अवसर दिनु भएको भन्दै प्रयत्न नेपाललाई धन्यवाद पनि दिए। 

सो तालिममा सहभागी अछाम जिल्लाकी पूर्णदृष्टिविहीन अपांगता भएकी महिला जानकी परियार पनि २ वर्षको हुँदा जन्डिस भएर पूर्ण दृष्टिविहीन भएको र यो गमनशिलताको तालिम पहिलो पटक लिएको भन्दै यस तालिमले आफ्नो जीवन शैली नै परिवर्तन गरिदिएको, सेतो छडीको प्रयोगबाट सजिलै हिँड्न, सहयोगीसँग हिँड्न जान्ने सीप सिकाएको बताइन्। साथै उनले यस गमनशिलताको तालिम पश्चात आफूमा एक्लै पनि हिँड्न सक्ने आत्म विश्वास बढेको भन्दै प्रयत्न नेपाललाई धेरै धेरै धन्यवाद दिए । 

त्यसै गरी उक्त ५ दिने गमनशिलता तालिमका सहजकर्ता तथा प्रशिक्षक रविन्द्र खनालले गमनशिलता तालिम दृष्टिविहीन अंगता भएका व्यक्तिहरुका लागि अपरिहार्य भएको भन्दै यसमा सेतो छडी चलाउन, समाउन, सडकमा हिँड्न, सहयोगीसँग हिँड्न सिकाएको बताए। साथै उनले गमनशिलताको तालिमलाई स्थानीय निकायले पनि महत्वपूर्ण रुपमा मनन गरी आफ्नो क्षेत्रमा रहेका दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको पहिचान गरी तालिम प्रदान गर्न जरुरी रहेको बताए ।

यस ५ दिने गमनशिलता तालिममा सहभागी चितवन जिल्लाकी दृष्टिविहीन अपांगता भएकी महिला शुशिला मोत्तानले गमनशिलताको तालिम पहिलो पटक लिएको, यो भन्दा पहिला यस्तो तालिम लिने अवसर नपाएको भन्दै यस पटक प्रयत्न नेपाल मार्फत तालिम लिन पाउदा ज्यादै खुशी लागेको र अबका दिनमा यो तालिमले आवागमनलाई सजिलो बनाउन सहयोग गर्ने र आफूमा पनि आत्मविश्वास बढेको बताइन् ।

यो ५ दिने गमनशिलता तालिमका क्रममा आयोजक संस्था प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले गमनशिलता तालिम विशेष गरी दृष्टिविहीन अपांगता भएका व्यक्तिहरुका लागि अति नै आवश्यक भएको र यस तालिमको विषयमा केही जानकारी नै नभएका जन्मजात तथा जन्म पश्चात दृष्टिविहीन अपांगता भएका महिलाहरुलाई प्रदान गरिएको बताइन् । 

साथै उनले दृष्टिविहीन अपांगता भएका महिलाहरुको आत्मबल बढाउन, अवसरको खोजी गर्न, दैनिक जीवन यापनलाई सहज गराउनका लागि गमनशिलता तालिमले महत्वपूर्ण भुमिका खेल्ने हुँदा विभिन्न जिल्लाका ११ जना जन्मजात तथा जन्म पश्चात दृष्टिविहीन अपांगता भएका महिलाहरुलाई यो गमनशिलताको तालिम प्रदान गरिएको बताइन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ०० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना