‘नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित होस्’ « Khabarhub

‘नक्कली शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित होस्’


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र दबाबरहित भएर गर्न आग्रह गरेका छन् । 

प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०८०-०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक)माथिको छलफलमा भाग लिँदै उनले भुटानी शरणार्थी प्रकरणको अनुसन्धान कुनै पनि भेटघाट र बजारको हल्ला पनि प्रभावित नहोस् भनेका छन् । 

दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने र ल्याउनुपर्ने बताउँदै उनले भने, ‘बजारको हल्लाले अनुसन्धान प्रभावित नहोस् । र कुनै पनि भेटघाट पनि प्रभावित नहोस् । कुनै पनि दबाब र प्रभावले प्रभावित नहोस् ।’ 

अनुसन्धान फ्रि र फियर हुनुपर्ने र कुनै पनि दोषी छुट्न नहुने र निर्दोष पर्न नहुने बताउँदै थापाले भने, ‘निर्दोष कोही पनि नपरोस् । तर, दोषी छ भने नेता होस् कि नाता होस्, एउटा पनि नछोडोस् । यो प्रकरणमा सरकारले दह्रो खुट्टा टेक्यो भने सुशासनको नारा लगाउन सक्छ । तपाईँको फिल्म हाउस फुल हुन्छ । नत्र हल खाली हुन्छ ।’ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले गरिरहेको कामप्रति उनले धन्यवाद पनि दिएका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  १ : ३४ बजे

ल्होसारले समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सोनाम ल्होसार पर्वले सबै नेपालीबीचको एकतालाई

मेची भन्सार : ६ महिनामा ७ अर्ब १९ करोडको अलैँची निर्यात

झापा– पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८२–०८३ को अर्धवार्षिक अवधिमा

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट

विराट कोहलीले बनाए कीर्तिमानी ५४ औं शतक

काठमाडौं – भारतका स्टार ब्याट्सम्यान विराट कोहलीले कीर्तिमानी ५४ शतक

उच्च गतिका रेल ठोक्किँदा स्पेनमा २१ जनाको मृत्यु

काठमाडौं – स्पेनमा रेल दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको