सेयर बजारमा २.४३ अंकको गिरावट | Khabarhub Khabarhub

सेयर बजारमा २.४३ अंकको गिरावट


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबारको दिन बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से सुचकमा २.४३ अंकले ओरालो लागि १८४१.९३ विन्दुमा आएर रोकिएको छ। 

यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ०.४५ अंकले घटेर ३५२.८० विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ८८ कम्पनीमा वृद्धि भएको छ । ११३ कम्पनीमा ओरालो लागेको छ भने १५ कम्पनी स्थिर रहेको छ ।

यसअघि मंगलबार नेप्से सुचकमा १०.६६ अंकले उकालो लागि १८४४.३६ विन्दुमा आएर रोकिएको थियो।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कूल २६५ कम्पनीको १९ लाख ४२ हजार ६२६ कित्ता सेयर खरिद बिक्री हुँदा ५८ करोड ९१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमाल दोलखा हाइड्रोपावर, नवील बैंक र  शिवम् सिमेन्टको ३ करोडमाथिको कारोबार भएको छ। यता १३ उपसुचकहरु मध्ये ५ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ । 

आजको कारोबारमा हिमाल दोलखा हाइड्रोपावरको ८.२४ प्रतिशतले सेयर मूल्य बढेको छ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ३७ बजे

उत्तरको राजनीतिक प्रणालीप्रति ‘सम्मान’ छ, ‘सैन्य विश्वास’ निर्माण गर्छौँ : दक्षिण कोरियाली राष्ट्रपति ली

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले शुक्रबार उत्तर कोरियाको

पियोर इनर्जीले बोलायो साधारणसभा, लाभांश छैन 

काठमाडौं– पियोर इनर्जी लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको छ ।

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

काठमाडौं– भक्तपुर थिमीमा १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच सकिएको

भारतीय दूतावासमा यसरी मनाइयो स्वतन्त्रता दिवस (तस्बिरहरू)

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासमा स्वतन्त्रता दिवस मनाइएको छ। नेपालमा रहेका

भोजपुरका किसानलाई कोदो रोप्न चटारो

भोजपुर– यहाँका किसान कोदो रोप्नमा व्यस्त भएका छन् । यसअघि