विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । झापाको दमक नगरपालिका-३ शान्ति मार्ग बस्ने ६५ वर्षीया फुलमाया लिम्बू राईलाई अवैध लागूऔषध गाँजा १७ केजीसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक, प्रहरी चौकी बेलडाँगी र सशस्त्र प्रहरी बल बेलडाँगीबाट खटिएको संयुक्त टोलीले उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सिरहाको धनगढीमाई नगरपालिका-१० जिरोमाईलबाट अवैध लागूऔषध गाँजा २ केजीसहित सुखिपुर नगरपालिका-८ बजार बस्ने ४० वर्षीय पहलाद राय अमातलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनगढीमाईबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । 

कैलालीको लम्कीचुहा नगरपालिका-९ बनबसाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्रामसहित भजनी नगरपालिका-३ ढुसी बस्ने २२ वर्षीय रञ्जित पौडेलसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्की कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरको बेलौरी नगरपालिका-६ रिछाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६५ मिलिग्राम र सानो तराजु १ थानसहित बेलौरी नगरपालिका-३ खिरिया बस्ने १८ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८४ मिलिग्रामसहित झापा मेची नगरपालिका-१ बस्ने २९ वर्षीय आशिष सापकोटालाई  प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ३ : ५९ बजे

चीनद्वारा आफ्नो जलक्षेत्रमा पसेका अवैध जापानी जहाज निष्कासन

एजेन्सी– चिनियाँ जल क्षेत्रमा अवैध रूपमा प्रवेश गरेको आरोपमा जापानी

चितवनका ओपनरको दोहारो अर्धशतकसहितको बलियो साझेदारीले जनकपुरका इटनले गरे भंग

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

किसानको धान खरिदमा चुनौती

सिरहा– यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखामा

चितवनका दुवै ओपनर डविड र अर्जुनको अर्धशकत

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मङ्सिर २० गतेदेखि

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन