क्यामरुनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु « Khabarhub

क्यामरुनमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु


२७ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

यउन्डे- अफ्रिकी मुलुक क्यामरुनमा भएको बस दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु १९ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । पूर्व र आदमवा क्षेत्र जोड्ने राजमार्गको एक गाउँमा उक्त दुर्घटना भएको हो ।

अदामावा क्षेत्रीय प्रमुख शहर नगाउन्डेरेतर्फ जाँदै गरेको बसको चालकले नियन्त्रण गुमाएपछि इन्धन ढुवानी गरेको गाडी ठोक्किएर विस्फोट भएको प्रहरीले जनाएको छ ।

क्यामरुनको सरकार सञ्चालित सञ्चार माध्यमले जनाएअनुसार मृत्यु हुनेमा तीन वर्षीय बालक पनि छन् । त्यसैगरी, दुर्घटनामा सातजना महिलाको पनि मृत्यु भएको बताइएको छ ।

घाइतेहरूलाई अस्पताल लगिएको र उनीहरुको सघन उपचार जारी छ । क्यामरुनको यातायात मन्त्रालयलका अनुसार मुलुकमा प्रत्येक वर्ष १,५०० जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ६ : ४८ बजे

निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो अनुष्ठान : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले लोकतान्त्रिक व्यवस्थामा निर्वाचन

शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

काठमाडौँ- प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश

जेन-जी विद्रोहले तोकेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज

काठमाडौँ – जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २१ गते बिहीबार चैत