डा. कमलेस आचार्य विगत लामो समयदेखि अमेरिकामा कार्यरत छन्। उनले युनिभर्सिटी अफ फिस बर्क पेन्सिलभेनियामा २००९ मा आफ्नो यात्रा प्रारम्भ गर्दै युनिभर्सिटी अफ न्युयोर्कमा कामको अनुभवसमेत लिएका छन्। अमेरिकाका विभिन्न अस्पतालमा काम गरेको अनुभव आचार्यसँग रहेको छ। उनले अमेरिकामा नै २६ बेडको अस्पताल पुगेका कुलतमा लागेका व्यक्तिकोसमेत उपचार गरेका छन्। नेपाल र विदेशको उपचार पद्धति कस्तो छ ? अमेरिकाको उपचार पद्धतिको अनुभव के कस्तो छ ? नेपालीमा जब रोग लाग्छ त्यो रोगले थला नपरुन्जेलसम्म स्वास्थ्य जाँचप्रति चेतना नजागेको कुरा हामी सुन्दै आइरहेका छौँ। पछिल्लो समय यसमा केही परिवर्तन भएको छ। यसै विषयमा आधारित भएर जनरल फिजिसियन डा. कमलेश आचार्यसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंको अमेरिकाको यात्रा कसरी तय भयो ?
मैले एमडी डिग्री सकाएर आउने बित्तिकै आफ्नो भविष्यको बारेमा विचार गर्दा अमेरिका जाने इच्छा तथा सोचाई आएको थियो। विभिन्न अस्पतालमा काम गर्दै जाँदा र पढ्ने सिलसिलामा पोस्ट ग्याजुएट तालिमको लागि मैले अमेरिका जाने अवसर पाएँ।
अमेरिका जान छात्रवृत्ति पाउनुभयो कि आफ्नै खर्चमा जानुभयो ?
अमेरिकामा म छात्र वृद्धि पाएरै गएको हुँ। त्यसमा उल्टो उनीहरूले नै हामीलाई केही रकम दिन्छन्। काम गरे बापत समेत केही रकम पाइन्छ। म कुनै ठूलो खर्च नगरी अमेरिका पुगेको हुँ।
तपाईं स्वास्थ्यसँग जोडिएका विषयमा खास के के कार्य गर्नु हुन्छ ?
नेपाल र अमेरिकामा स्वास्थ्यको सिस्टम धेरै फरक छ। मैले पढेको विषयलाई ’फ्यामिलि केयर फिजिसियन’ भन्छ। नेपालमा जब बिरामी पर्यो तब डाक्टरकोमा जान्छन्। तर अमेरिकामा भने बिरामी नहुँदै म कहाँ आउँछन्। त्यसपछि मैले बिरामीको अवस्था हेरेर कुन औषधि चलाउने र कता पढाउँदा उचित हुन्छ भनेर सिफारिस गर्ने हो।
दैनिक रूपमा कति घण्टा काम गर्नु हुन्छ ?
अहिले मेरो प्राइमरी काम भनेको क्लिनिक तथा अफिसमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म रहन्छ। दैनिक मेरो काम त्यही नै हो। रोग लाग्नु भन्दा पहिले नै सचेत हुन नसकेको अवस्था छ।
हामी कुन ठाउँमा चुकी रहेका छौँ ?
सबै भन्दा ठूलो फरक नै त्यही रहेको छ। नेपालमा प्रिभेन्टिभ औषधिमा बढी ध्यान दिन्छन्। हामी रोग लाग्नु अगाडि नै रोग नलागोस् भनेर ध्यान दिने गरेका छौँ। ४५ वर्षपछि क्लोन क्यान्सर हुन्छ यसको बिगबिगी छ। महिला स्वास्थ्य सम्बन्धी स्तन क्यान्सर ४० वर्षदेखि सुरुवात हुन्छ। यस्ता कार्यमा पहिले नै चेतनशील भएर लाग्नुपर्छ। तर नेपालमा भने त्यसको कुनै चेतना नभएको हो तथा व्यवस्था नै नगरेको हो जानकारी नै भएन।
रोगको जाँच गर्ने व्यक्ति र नगर्नेको अन्तर कस्तो हुने रहेछ ?
धेरै फरक छ। अहिले क्यान्सरको स्किनिङ पनि हुन थालेको छ। क्याल्सियम स्कोर भन्ने हुन्छ। मान्छेलाई हार्टअट्याक भइसकेपछि उपचार गर्ने होइन हार्टअट्याक हुनु अगाडि नै हार्टमा कति समस्या भएको छ। यो मान्छेमा कति खतरा छ भन्ने हेर्न सकिने स्थिति आइसकेको छ।
अमेरिकामामा धामी झाँक्री हुन्छ ?
हुँदैन। त्यो अध्ययनको कमीले अभ्यासमा रहेको विषय हो। अमेरिकामा जाँच गरेपछि सबै टिपोट गरेर बिरामी घर पुग्दा सबै रिपोर्ट अनलाइनमा पठाइन्छ। आज डाक्टरसँग के कस्ता कुरा भएका छन् ? त्यो सबै उक्त रिपोर्टमा हुन्छ। झार फुक भन्ने त हुँदै हुँदैन।
नेपालका निजी क्लिनिकमा गर्ने सेवा प्रवाह र सरकारी क्षेत्रमा गर्ने सेवा प्रवाहमा किन अन्तर आयो ? एउटा व्यक्ति किन दुई चरित्रमा आउन खोज्छ ?
त्यसमा राज्यको नै गल्ती छ जस्तो लाग्छ। राज्यले नै स्वास्थ्यमा के कस्ता कार्य गर्ने भनेर जिम्मेवारी निर्धारण गर्नुपर्छ। राज्य मानिसमा चेतनाको विकास गर्ने तर्फ प्रेरित गरेको छैन। देशको स्थिति कस्तो छ सबैलाई थाहा छ। यसमा म राज्यलाई नै दोष दिन्छु।
यसमा व्यक्ति दोषी होइन ?
त्यसमा व्यक्ति दोषी छैन। एउटा लेबलमा पुग्नलाई १०/१२ वर्ष लगाएर पढेको हुन्छ। त्यसमा धेरै लगानी गरेको हुन्छ। पूर्वाधार नै छैन। म अहिले सामान्य नागरिक नै हुँ। नेपालमा नै आएर काम गर्ने इच्छा छ। तर म दुई तीन हप्तामा नै डिस्करेज भए जस्तो लाग्यो।
हरेक मान्छेलाई स्वास्थ्यप्रति जागरूकता जगाउन र स्वास्थ्य क्षेत्रमा आकर्षित गर्न कहाँ कस्तो सुधार गर्नुपर्ने देख्नु हुन्छ ?
सबै भन्दा पहिले कुराकानी नै हुनुपर्छ। हामी बाहिर काम गरेका छौं। त्यसको पनि धेरै जानकारी छ। हामीले कुन सिस्टमले सबै भन्दा बढी हेल्थ केयर डेलिभरी दिन्छ भन्ने कुरा बुझिसकेका छौँ। नेपालमा धेरै प्रतिस्पर्धीसँग गफ गरेर निचोड निकाल्ने भन्ने कुनै परिपाटी नै छैन।
यो समस्या नेतृत्व तहमा बस्नेको हो ?
हो। नेतृत्व तहमा बस्नेमा नै चाहना नभएको हो। सक्षम काम गर्ने डाक्टर छन् तर सक्षम नेतृत्व छैन। समस्या माथिबाट नै भएको छ। मेडिकल होम भन्छ, ‘प्रत्येक एक मान्छेको नै धेरै भ्यालु हुन्छ।’ मैले हेर्ने मात्र चार हजार जति बिरामी होलान्। मलाई कहिले आउने हो भनेर बिरामीले सन्देश पठाइरहेका हुन्छन्।
स्वास्थ्य सेवाप्रति सचेत हुन आम नागरिक र राज्यको तर्फबाट हुनुपर्ने कुरा के के छन् ?
हेल्थ सिस्टमलाई गभर्निङ गर्ने यन्त्र नै छैन। नेपालमा चेतनाको साथै सिस्टम नै बनेको छैन।
कुलतमा लागेको मानिसलाई खासमा के गर्नुपर्छ ?
अमेरिकामा ठूलो क्राइसिस भनेको मेन्टल हेल्थ हो। युवा कलेज तथा स्कुलदेखि नै धेरै कुलतमा लागेका छन्। नेपालमा पनि यसको बिगबिगी धेरै बढेको भन्ने सुनेको छु।
बाहिर कति उमेरदेखि यो लतमा लागेको पाउनु हुन्छ ?
स्कुलदेखि नै लागेको पाइन्छ। कक्षा ८/९ बाट नै सुरु भएको पाइन्छ। कोभिड भएपछि अझ बढेको छ। अमेरिकामा कुलत एकदम धेरै मात्रामा छ।
यसको उपचार पद्धति तथा परामर्श कस्तो हुन्छ ?
आफ्नो बालबच्चामा आएको परिवर्तन परिवारले नै ध्यान दिनुपर्ने हुन्छ। परिवारले नै खोज गर्नुपर्ने हुन्छ। स्कुलमा पनि थाहा हुन्छ। त्यो कुरा परिवारमा जानकारी गराउन सक्नुपर्ने हुन्छ। त्यसमा ९० दिनसम्म राख्ने सबै कुरा निःशुल्क हुन्छ। उसलाई पहिलेको जीवनमा ल्याउन सहज भने हुँदैन। विस्तारै कम हुँदै जान्छ। (एभिन्युजसँगको सहकार्यमा तयार सामग्री)
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया