जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ « Khabarhub

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन्।

‘हालैमात्र मैले आरआरआर हेरें। मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो। मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन। उनीहरु कमालका थिए। उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थें’, उनले भनेका छन्।

क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए।

‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ। फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो। फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : ५६ बजे

महानगरभित्रका ५ हजार ४४ वटा सामुदायिक कुकुरको बन्ध्याकरण 

काठमाडौं– काठमाडौँ महानगरपालिकाले समुदायमा रहेका कुकुरहरूको व्यवस्थापनका लागि २८ वटा

क्युवासँगको सम्बन्धमा बाह्य हस्तक्षेप अस्वीकार्य : भेनेजुएला

काराकास– भेनेजुएलाले आइतबार क्युवासँगको आफ्नो ‘ऐतिहासिक धारणा’ पुनः दोहोर्‍याउँदै भ्रातृत्व,

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु, कार्यविधि अनुमोदन

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले कार्यविधि पारित गरेको छ ।

‘ओ’रोमियो’ मा शाहिद कपूरको आक्रामक अवतार

काठमाडौं– बलिउड निर्देशक विशाल भारद्वाज र अभिनेता शाहिद कपूरको फिल्म

स्वास्थ्य बीमा बोर्डले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं– नेपाल सरकार अन्तर्गतको स्वास्थ्य बीमा बोर्डले करार सेवामा विभिन्न