जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ « Khabarhub

जुनियर एनटिआर र रामचरणसँग सहकार्य चाहन्छन् क्रिस हेम्सवर्थ


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

लसएन्जल्स – मार्बल सिनेम्याटिक युनिभर्समा ‘थोर’ बनेर सबैका मन जितेका अष्ट्रलियाली अभिनेता क्रिस हेम्सवर्थले ‘आरआरआर’ अभिनेता जुनियर एनटीआर र रामचरणसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।

हाल ‘एक्सट्रेक्सन २’को प्रचारमा व्यस्त क्रिसले एसएस राजामौलीको फिल्म ‘आरआरआर’ हेरेपछि दुई अभिनेतासँग सहकार्यको चाहना व्यक्त गरेका हुन्।

‘हालैमात्र मैले आरआरआर हेरें। मलाई लाग्छ कि यो फिल्म अविश्वसनीय थियो। मलाई यो कुराको दुःख छ कि मलाई दुवै अभिनेताको नाम थाहा छैन। उनीहरु कमालका थिए। उनीहरुसँग अभिनय गर्ने मौका पाए म आफूलाई भाग्यमानी सम्झन्थें’, उनले भनेका छन्।

क्रिस अघि ‘गार्डियन अफ ग्यालेक्सी’का निर्देशक र डिसी स्टुडियोका सहअध्यक्ष जेम्स गुनले पनि जुनियर एनटीआरसँग सहकार्य गर्न चाहेको बताएका थिए।

‘आरआरआर’ गत वर्षको ब्लकबस्टर फिल्ममध्येमा पर्दछ। फिल्मले ‘गोल्डन ग्लोब’ र ‘ओस्कार’ दुवैमा ‘बेस्ट ओरिजनल सङ’को अवार्ड जितेको थियो। फिल्ममा अजय देवगन र आलिया भट्टको पनि अभिनय थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  १० : ५६ बजे

त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको त्रिपुरेश्वरस्थित सडक छेउमा रोकिएको बसमा भएको आगलागीमा घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी