रास्वपामाथि घेराबन्दी भइरहेछ : सभापति लामिछाने « Khabarhub

रास्वपामाथि घेराबन्दी भइरहेछ : सभापति लामिछाने


२७ जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न दलले आफ्नो पार्टीमाथि घेराबन्दी गरिरहेको आरोप लगाएका छन् । 

आज काठमाडौँमा आयोजित कार्यक्रममा उनले रास्वपाले आगामी सबै किसिमका निर्वाचनमा जित हासिल गर्ने स्थिति देखिएपछि विभिन्न दलहरूले बाधा सिर्जना गरिरहेको बताएका हुन् ।

उनले २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्ने कुरा आम नागरिकले घरघरमा महसुस गरिरहेको बताए । 

उनले आफ्नो पक्षमा जनताको साथ रहेकाले दलहरूको जुनसुकै किसिमको घेराबन्दीबाट नडराउने स्पष्ट पारे ।

सभापति लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको नागरिकता विधेयक प्रमाणीकरण प्रक्रिया गलत भएको पनि बताए । 

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार  १ : १२ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा