श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो « Khabarhub

श्रीलङ्काले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – श्रीलङ्का सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ ।

राष्ट्रपति रानिल विक्रमासिङ्घेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रूपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति शुक्रवारदेखि लागू भएको हो ।

श्रीलङ्का सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

सन् २०२२ मा श्रीलङ्काको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११।४ प्रतिशतले कमी आएको सरकारी तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ ।

श्रीलङ्काका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ८ : १२ बजे

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना