नेदरल्याण्ड्सविरुद्धको अभ्यास खेलमा नेपाल पराजित « Khabarhub

नेदरल्याण्ड्सविरुद्धको अभ्यास खेलमा नेपाल पराजित


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । दक्षिण अफ्रिका भ्रमणमा रहेका नेपाली टोली शनिवार भएको खेलमा नेदरल्याण्ड्स ५ विकेटले पराजित भएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ३६.५ ओभरमा अलआउट हुँदै १५६ रन बनायो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३० रन बनाउँदा गुलसन झाले २४ रन र प्रतिश जिसीले १९ रन बनाए। नेपालका शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकको रननै जोड्न सकेनन्।

ओपनर कुशल भुर्तेल ९, आशिफ शेख र अर्जुन साउदले समान ४ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले ६ रन बनाए। नेदरल्याण्ड्सका एल भी भान विकले सर्वाधिक ५ विकेट लिँदा क्लेटन फ्लोयडले २ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्स ३६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्यसम्म पुग्यो। डच टोलीका लागि विस्ले बार्रस्सीले सर्वाधिक अविजित ६३ रन बनाए । सक्व जुलिफिक्वर र स्कट एडवार्डले समान २२ रनको योगदान दिए। बलिङतर्फ गुलसन झा र ललित राजवंशीले समान २ विकेट लिँदा प्रतिश जिसीले १ विकेट लिए। यसअघि पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ३० बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका