धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा « Khabarhub

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा


२७ जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे ।

सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको दायित्व भएको बताए । उनले प्रदेशका आठ वटै जिल्ला अस्पतालका समस्या समाधान र सार्वजनिक स्वास्थ्यमा नागरिकको विश्वास जागृत गर्ने गरी सेवाप्रवाहमा सुधार वर्तमान सरकारको प्राथमिक विषय भएको बताए ।

“मधेस प्रदेश स्वास्थ्य क्षेत्रमा पनि पछाडि परेको छ । सबैको सहकार्य भए यस क्षेत्रका समस्या समाधान गर्न सकिन्छ”, मन्त्री सिंहले भने, “आगामी आर्थिक वर्षको बजेटमा यी समस्याहरु सम्बोधनको प्रयास हुनेछ ।” विशेष गरी महिलामा पाठेघरको क्यान्सर र बालबालिका लक्षित विशेष कार्यक्रम ल्याइने उनको भनाइ छ । जिल्ला तथा पालिकास्तरीय अस्पतालमा स्वास्थ्य उपकरणसहितको सेवाप्रवाहमा सरकारको जोड रहने उन्को भनाइ छ ।

उनले नागरिक नजिक रहेका स्वास्थ्य संस्थाको व्यवस्थापनमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : २७ जेठ २०८०, शनिबार  ९ : ५६ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी